जेठ २१,काठमाडौं । नेपालको चर्चित अनलाइन सपिङ पोर्टल भाटभटेनी अनलाइन डटकमलाई एफवानसफ्ट ईन्टरनेशनलप्रा. लि. ले एक्वायर गरेको छ । सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आइटी कम्पनी मध्येको एक हो । भाटभटेनी अनलाइन डटकम नेपालको चर्चित अनलाइन सपिङ पोर्टल हो ।

विगत छ वर्षदेखि सञ्चालनमा आएको भाटभटेनी अनलाइन डटकमलाई अझ सशक्त र सबैको पहँचमा पुर्याउने उद्देश्य साथ एक्वायर गरेको एफवान सफ्ट ईन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भाटभटेनी अनलाइनलाई डोमेन परिवर्तन गरेर हामी अब इसेवापसल डटकममा सञ्चालन गर्छौं, त्यसमा हाम्रो प्राविधिक विज्ञतालाई प्रयोग गरेर अझ सरल र उत्कृष्ट बनाउँदै सबैको पहुँचमापुर्याउँछौं ।

ईसेवा पसल डटकमका सिइओ मनिस श्रेष्ठले एफवान सफ्टसँगको सहकार्यले अब अनलाइन सपिङको क्षेत्रमा आफुहरूले ठुलो फड्को मार्ने विश्वास व्यक्तगर्नुभयो । उहाँले भन्नुभयो, ‘अबको भविष्यभनेकै अनलाइन सपिङको हो । एफवान सफ्टसँगको सहकार्यले हामी यसले धेरै अगाडी बढाउनेछौं । आउदाँ वर्षहरुमा हामी नेपालमा अनलाइन सपिङको परिभाषा परिवर्तन गर्ने उद्देश्यले काम गर्नेछौं, उहाँले भन्नुभयो ।अब इसेवा लगायत नेपालका अधिकांश बैंकका मोबाईल बैंकिङ र ईबैंकिङ मार्फत् भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । साथै ईसेवाबाट भुक्तानी गर्ने ग्राहकलाई विशेष छुटको व्यवस्था समेत गरिएको छ । ईसेवा पसल डटकमले ग्राहकको सुविधालाई ध्यानमा राखि विभिन्न किसिमका छुट र अफर पनि सार्वजनिक गरेको छ । साथै कम्पनीले अधिकत्तम २४ घण्टा भित्र निशुल्क डेलिभरी गर्नेेछ ।

सन् २००४ बाट सञ्चालनमाआएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथाउत्पादनगर्दै नेपाल लगायत विदेशी मुलुकमा विक्रीवितरण गर्दै आएको छ । नेपाल सरकारले नगद कारोबारलाई घटाएर डिजिटल कारोवारलाई प्रोत्साहन गर्ने नीति लिइरहका बेला एफवानसफ्टले पनियस अभियानलाई टेवापुग्ने सफ्टवेयर निर्माण गर्दै आएको छ । कम्पनीले चार सयभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ ।