थामियो शेयर बजार

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

मङ्सिर १७, काठमाडौँ | आइतबार फराकिलो अन्तरले घटेको शेयर बजार आज भने थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार सामान्य विन्दुले बढेको हो ।

कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव नौ अङ्कले बढेर एक हजार १३१ दशमलव ७३ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने शून्य दशमलव शून्य छ विन्दुले घटेको छ ।

घटेको बजारमा कारोवार रकममा भने वृद्धि भएको छ । कूल १५६ कम्पनीको २१ लाख ३९ हजार ३४८ कित्ता शेयर रु ६३ करोड ७९ लाख ५४ हजार ९४८ मा खरीद बिक्री भएको छ । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये चार उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ भने सात उपसमूहको कारोवार घटेको छ ।

विकास बैंक चार दशमलव सात, निर्जीवन बीमा ९२ दशमलव एक, अन्य शून्य दशमलव ४३ र जीवन बीमा कम्पनी १३ दशमलव ५७ विन्दुले बढेको छ । यस्तै बैंकिङ शून्य दशमलव दुई सात, व्यापार एक दशमलव १८, होटल दुई दशमलव शून्य चार, जलविद्युत् दुई दशमलव एक सात, वित्त एक दशमलव ८२, उत्पादन नौ दशमलव दुई एक, माइक्रोफाइनान्स आठ दशमलव ३१ विन्दुले घटेको छ ।

बजारमा विजय लघुवित्त वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रोपावरका लागानीकर्ताले कमाएका छन् । यस्तै रैराङ हाइड्रो पावर कम्पनी, मल्टिपर्पोज फाइनान्स कम्पनी, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था, गरिमा विकास लघुवित्त वित्तीय संस्थालगायतका शेयरधनीले गुमाएका छन् ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply