2026-08-25 06:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अपाङ्ग दिवसमा २६ जना संस्थापक सदस्य सम्मानित

चिसाङ शेर्पा | मंसिर १७, खोटाङ | अपाङ्ग सेवा संघ खोटाङलाई आर्थिक, भौतिक, सामाजिक, मानसिक र नैतिक क्रियाकलापमा महत्वपुर्ण भूमिका निर्वाह गर्दैै आएका दुई दर्जनबढी संस्थापक सदस्यहरु सम्मानित भएका छन् । अपाङ्गता भएका ब्यक्तिहरुको हक, अधिकार र जीविको पार्जनमा सहयोग पु¥याउदै आएको संस्थाले २७ औं अपाङ्ग दिवसको अवसरमा २६ जना आफ्ना संस्थापक सदस्यहरुलाई सम्मान गरेका हुन् ।

सोमबार दिक्तेलस्थित समिक्षालय हलमा भएको कार्यक्रममा संस्थापक सदस्य नवराज श्रेष्ठ, खगेन्द्र गिरी, मोहन जोशी, वावुराम सैंजु, श्याम सैंजु, कृष्ण बस्नेत, रत्न राई, पृथी जिम्बा, राजन प्रसाद आचार्य, कृष्ण प्रसाद आचार्य, अम्बर बहादुर कट्वाल, रबिन्द्र राई, जय नारायण राई, स्व. इन्द्र बहादुर राई, जय कुमार राई, भक्त बहादुर राई, पुर्ण बहादुर राई, ज्ञान बहादुर खत्री, निर्मल खत्री, बसन्ती श्रेष्ठ, कुल बहादुर बस्नेत, होम बहादुर खड्का, गुणराज सैंजु, देवराज थुलुङ, भक्त बहादुर दाहाल र तिलक बहादुर श्रेष्ठलाई सम्मान पत्रद्धारा सम्मान गरिएको अपाङ्ग संघका नगर कमिटी अध्यक्ष उमेश चन्द्र आचार्यले जानकारी दिए । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोग र संघको आयोजनामा भएको दिवसमा दिक्तेल २ का वडाध्यक्ष हर्क बहादुर खत्रीले संस्थापक सदस्यहरुलाई सम्मानपत्र प्रदान गरेका थिए । जिल्लामा हाल ५ हजार २८ जना अपाङ्ग ब्यक्तिहरु छन् । उनीहरु कुन प्रकृतीका छन् भन्ने बारे संघसँग डाटा छैन । निकट समयमै अपाङ्गहरुको लगत संकलन र अपाङ्गताको प्रकृती छुट्याउने संघले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन