२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजार : सामान्य अङ्कले वृद्धि

२०७५, ८ माघ मंगलवार १०:४४

माघ ८, काठमाण्डौ | धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आज ०.७८ बिन्दुले बढेर एक हजार १६८.८३ बिन्दुमा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.४३ बिन्दुले बढेर २४८.०५ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कुल १५६ कम्पनीको १० लाख २४ हजार ६१५ कित्ता शेयर रु २९ करोड २२ लाख १४ हजार ३४५ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल दश उपसमूहमध्ये आज तीन उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर बढेको छ । 

विशेष गरी जलविद्युत् ५.१४, वित्त १.७५ र उत्पादन उपसमूह ९२.२९ बिन्दुले घटेका छन् । यस्तै बैंकिङ ०.४३, होटल १५, विकास बैंक २.८७, निर्जीवन बीमा ०.१९, अन्य २.३९, लघुवित्त १७.६० र जीवन बीमा ६७.६८ बिन्दुले बढेको छ । समता माइक्रोफाइनान्स वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कम्पनी, नागबेली लघुवित्त वित्तीय संस्था, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका शेयरधनीले बढी कमाएका छन् । यस्तै कञ्चन डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर्स, युनिलिभर नेपाल, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था तथा एनआइबिएल समृद्धि फण्ड एकका लगानीकर्ताले बढी गुमाएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी