माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।

डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी दुर्घटना बढेपछि लामो दूरीका गाडीले आफूखुशी जोडेका सिट हटाउने अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलका प्रमुख मोहनसिंह धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चालकले जथाभावी आफूखुशी सिट जडान गरेपछि यात्रा जोखिमपूर्ण हुने तथा बढी दुर्घटना निम्त्याउने भएका कारण हामीले सिट हटाउन थालेका हौँ।”

आफूखुशी सिट जडान गरी चालकले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण दुर्घटना निम्तिएको ट्राफिक प्रहरीको भनाइ छ । ट्राफिक प्रहरीले लामो रुटका गाडीले जोडेका सिट हटाउन थालेपछि यहाँका स्थानीयवासी पनि निकै खुशी भएका छन् । सवारी पासभन्दा बढी यात्रु बोक्ने र जथाभावी सिट जडान गर्ने गाडी चालकलाई कारवाही गर्ने नियम बनाइएको छ । रासस

अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसमाजसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML