२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाँच अङ्कले घट्यो शेयर बजार

२०७५, १९ फाल्गुन आईतवार १२:०५

फागुन १९, काठमाडौँ (रासस) | साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य करिब पाँच अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९५ विन्दुले घटेर ११००.५८ विन्दुमा झरेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.९५ विन्दुले घटेर २३३.८८ विन्दुमा कायम भएको छ । स्टकका अनुसार कूल १७४ कम्पनीको आठ लाख ७३ हजार ४९५ कित्ता शेयर रु २३ करोड ५३ लाख २० हजार ९४० मूल्यमा खरीद बिक्री भए । 

कारोवार भएका दश उपसमूह मध्ये आज दुई उपसमूहको शेयर बढेको छ भने आठ उपसमूहको शेयर घटेका छन् । होटल ४.२३ र जीवन बीमा ५३.०८ विन्दुले बढेको छ । बैंकिङ ६.५९, विकास बैंक ४.४६, जलविद्युत् ४.११, वित्त ०.४४, निर्जीवन बीमा २७.७२, उत्पादन २३.७३, अन्य १.८९ र लघुवित्त ७.५५ विन्दुले घटेको छ । 

स्टकका अनुसार भागर्व विकास बैंकका शेयरधनीले ५.८४ प्रतिशतले कमाउँदा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ३.४५, सानिमा माइ हाइड्रो पावर कम्पनी २.७९ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले २.२० प्रतिशतले कमाएका छन् । 

यस्तै सिन्धु विकास बैंकका शेयरधनीले ८.६९, कृषि विकास बैंक ६.४१, आँखु खोला जलविद्युत् कम्पनी ५.८८, घलेम्दी हाइड्रो पावर लिमिटेड ४.७४, जोशी हाइड्रो पावरका शेयरधनीले ४.५४ प्रतिशतले गुमाएका छन् । घटेको बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ६० लाख चार हजार ६५९, नेपाल बैंक लिमिटेडको रु एक करोड पाँच लाख ५९ हजार ४११, प्रभु बैंकको रु ९९ लाख १० हजार ९४१ र एनएमबी बैंकको रु ९५ लाख ६९ हजार ५७३ मूल्यमा शेयर कारोवार भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने