नेपाल लाइफ इन्स्योरेन्सले ४८ प्रतिशत लाभांश दिने

साझासवाल
1 Min Read

<p>फागुन १९, काठमाडौँ (रासस) | नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ४८.५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २५ प्रतिशत शेयर लाभांश र २३.५ प्रतिशत नगद लाभांश दिने भएको छ ।&nbsp;<br></p><p>कम्पनीले आज एक विवरण सार्वजनिक गर्दै एक करोड नौ लाख ९२ हजार ३२१ कित्ता बराबरको शेयर लाभांश र रु एक अर्ब तीन करोड ३२ लाख ७८ हजार २३२ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको हो । उक्त प्रस्ताव बीमा समिति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने छ ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply