२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताको शेयर बजार: चार अर्बको कारोवार

२०७६, २१ बैशाख शनिबार १८:२७

वैशाख २१, काठमाडौँ (रासस) | धितोपत्र बजारमा यस साता शेयरको मूल्यमा गिरावट आएको छ । कूल चार दिनमा भएको कारोवार रकम रु चार अर्बमाथि रहेपनि कारोवार मापक नेप्से परिसूचक भने २०.१२ विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १६७ कम्पनीको एक करोड २७ लाख सात हजार ९४८ कित्ता शेयर रु चार अर्ब ४१ करोड १६ लाख ४९ हजार ८७७ मूल्यमा खरीद बिक्री भए । 

अघिल्लो साता लगातार उकालो लागेको बजार यस साता भने ओरालो लाग्यो । छोटो समयमा नाफा कमाउने होडका कारण बजार तरल बन्न पुगेको जानकारहरुले टिप्पणी गरेका छन् । विशेषगरी बैंक, बीमा तथा उत्पादनमूलक क्षेत्रका कम्पनीको शेयरमा भने तीव्र उतारचढाव साताभर नै देखिएको छ । 

साताको पहिलो दिन वैशाख १५ गते आइतबार शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भयो । कारोवार मापक नेप्से परिसूचक २२.३९ विन्दुले वृद्धि भई एक हजार ३१४.५१ विन्दुमा पुग्यो । उक्त दिन प्रतिशतका आधारमा बजार १.७३ प्रतिशतले वृद्धि भयो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.१८ विन्दुले बढेर २८२.८५ विन्दुमा पुग्यो । कूल १७६ कम्पनीको ४९ लाख २१ हजार ८४ कित्ता शेयर रु एक अर्ब ६७ करोड ५९ लाख ३८ हजार ८२० मूल्यमा खरीद बिक्री भए । 

यस्तै सोमबार भने बजार थामियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.२१ विन्दुले घटेर एक हजार ३१०.३१ विन्दुमा झर्यो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.०१ प्रतिशतले घटेर २८१.८४ विन्दुमा सीमित भयो । नेप्से परिसूचक घटे पनि कारोवार रकम भने सो दिन अर्बमाथि नै रह्यो । कूल १७४ कम्पनीका ३० लाख १६ हजार ४८० कित्ता शेयर रु एक अर्ब १९ करोड ७७ लाख ६९ हजार आठ मूल्यमा खरीद बिक्री भए । 

यस्तै साताको तेस्रो दिन मङ्गलबार बजार ओरालो लागेर एक हजार २०० को विन्दुमा झर्यो । सो दिन कारोवार मापक नेप्से परिसूचक ११.७० विन्दुले घटेर एक हजार २९८.६० विन्दुमा आइपुग्यो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७४ विन्दुले घटेर २७९.१० मा पुग्यो । कारोवार रकम पनि अघिल्ला दुई दिनको तुलनामा घट्यो । अर्बमाथिको कारोवार घटेर रु ९५ करोडमा झरेको छ । कूल १७६ कम्पनीका २९ लाख ६७ हजार ३५८ कित्ता शेयर रु ९५ करोड ८६ हजार ९३६ मूल्यमा खरीद बिक्री भए । 

बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्वजनिक बिदाका कारण बजार बन्द रह्यो । बिहीबार भने बजार ओरालो लाग्नेक्रम जारी रह्यो । स्टकका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.२१ विन्दुले घटेर एक हजार २९४.३९ विन्दुमा ओर्लियो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२८ विन्दुले घटेर २७७.८२ विन्दुमा सीमित भयो । सो दिन कूल १७० कम्पनीका १८ लाख तीन हजार २६ कित्ता शेयर रु ५८ करोड ७८ लाख ५५ हजार ११३ मूल्यमा खरीद बिक्री भए । 

यस साता स्टकमा विभिन्न चार कम्पनीका शेयरसमेत सूचीकृत भए त्यसमा समिट लघुवित्त वित्तीय संस्थाको चार लाख कित्ता शेयर लाभांश, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका १२ लाख ५७ हजार ७७७ कित्ता शेयर लाभांश, तिनाउ विकास बैंकका ६ लाख आठ हजार ३२१ कित्ता शेयर लाभांश र पाँचथर पावर कम्पनीका ९६ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत भए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ