2026-09-19 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

कोशी अस्पताललाई विशिष्टिकृत गरिने

वैशाख २१, विराटनगर (रासस) | पूर्वक्षेत्रको सबैभन्दा पुरानो विराटनगरस्थित कोशी अस्पतालमा दिनदिनै बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्ताललाई समयसापेक्ष सुदृढ गर्न र घातक रोगको उपचारसमेत गर्न अस्पताललाई विशिष्टिकृत गर्ने प्रयास भइरहेको छ । विसं २०१३ मा त्रिभुवन स्मारकको नामबाट शुरु गरिएको सो अस्पताल कोशी अञ्चल अस्पताल हुँदै अहिले कोशी अस्पतालमा परिणत भएको छ । चालिस वर्षअघि निर्माण गरिएको  सो अस्पतालले अहिलेको बिरामीको चापलाई  पूरा गर्न कठिन भइरहेको अस्पतालको ठहर छ ।

मुुलुक सङ्घीय संरचनामा गइसकेपछि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरमा अवस्थित यो अस्पताललाई प्रदेश सरकारले समयानुकुल  बनाउन लागिरहेका बेला पुनः सङ्घीय सरकारकै मातहत राखिएको  छ । प्रदेश सरकारले यसलाई शिक्षण अस्पताल बनाउने निर्णय गरिसकेको र प्रदेश सरकारले अस्पताललाई प्रतिष्ठानमा रुपान्तरण गर्न स्वायत संस्था बनाउन लागिरहेको अवस्थामा यो काम रोकिएको हो । काठमाडौँस्थित वीर अस्पतालसँग सहकार्य गर्न हस्ताक्षरसमेत गरिसकेको यो अस्पतालमा आउने वर्षमा एमबीबीएसको पढाइ शुरु गर्ने र यसवर्ष एमडी कक्षा चाँडै सञ्चालन गर्ने प्रदेश सरकारको तयारी थियो । दैनिक नेपाल–भारतका गरी करीब एक हजार २०० बिरामी आउने यो अस्पताललाई  सुधार गरी सरसफाई , बन्द प्रयोगशाला सञ्चालन, यन्त्र र उपकरण थप्न प्रदेश सरकारले पनि सहयोग गरेको छ ।

विगतमा घाटामा सञ्चालित यो अस्पतालमा प्रदेश सरकारको निगरानी र चासो बढ्न थालेपछि मासिक रु तीन लाख आम्दानी गर्न थालेकाले यो अस्पतालप्रति प्रदेश सरकारको आशा जागेको थियो ।  अस्पतालका बिषयमा प्रदेशसभा सदस्य सावित्रा रेग्मीले अस्पतालमा अहिलेको आवश्यकता अनुसार  आईसीयू, भेन्टिलेटर र दरबन्दीअनुसारका चिकित्सक तथा विषयगत विज्ञ चिकित्सकको आवश्यकता देखिएको जानकारी दिनुभयो ।

उहाँले यो अस्पतालको स्तरोन्नतिपछि प्रदेशका जनताले उपचारमा सहुलियतका साथै सुविधा उपभोग गर्न पाउने भएकाले यसतर्फ प्रदेश सरकारकोे विशेष ध्यान जानुपर्नेमा जोड दिनुभयो । अस्पतालमा पछिल्लो सयममा प्रसूतिगृहको समस्या देखिएकाले  अमेरिकी सेनाको रु १२ करोड  सहयोगमा १०० श्ययाको प्रसूतिगृह निर्माण थालिएको छ  । अस्पतालमा प्रसूतिगृहमा दरबन्दीअनुसारका चिकित्सक नभए पनि गएको वर्षमा नौ हजार प्रसूतिका बिरामीमा दुई हजार १०० को शल्यक्रिया भएको चिकित्सक सङ्गीता मिश्राले बताउनुभयो ।हाल अस्पतालमा १३ विभाग रहे पनि सबैभन्दा बढी प्रसूतिको सेवा लिने बिरामीको सङ्ख्या प्रतिशत ४० छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई