सरकारको नीति विपरित राहत बाड्दै हिडेका ज्ञानेन्द्र शाही पक्राउ

साझासवाल
2 Min Read

वैशाख ९, काठमाडौँ | 'हाम्रो नेपाल हामी नेपाली'का अभियान्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरकाे सुनाकोठीबाटबाट उनलाई मंगलबार पक्राउ गरेको हो ।

सरकारले आफूखुसि राहत वितरण गर्न छुट नदिईरहेका बेला अनुमति समेत नलिई लकडाउन उल्लङ्घन गरि राहत बाड्दै र देशविदेशमा रहेका नेपालीहरुसंग राहतको लागि पैसा उठाएको कारण शाहीलाई नियन्त्रणमा लिएको बुझिएको छ ।

मंगलबार विहान राहत वितरण गर्ने क्रममा विवाद शुरु भएपछि शाहीलाई पक्राउ गर्न प्रहरी टोली ललितपुरस्थित सुनाकोठी पुगेको थियो । त्यस क्रममा शाहीलाई पक्राउ गर्न गएको टोलीले शक्ति ठाकुरीसहित केहीलाई नियन्त्रणमा लिइ महानगरीय प्रहरी परिसर ललितपुरमा लगेको थियो ।

सरकारले कोरोना संक्रमणको महामारीका बीच सङ्घसंस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने सम्भावना हुने र कसैले पाउँदै नपाउने सम्भावना हुने भएकाले जोकोहीलाई पनि राहत वितरण गर्ने इच्छा भएमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर एकद्वार प्रणालीबाट मात्र राहत वितरण गर्न पाउने व्यवस्था छ ।

यस अघिनै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरी राहत वितरणमा एकद्वार प्रणाली अवलम्बन गर्न निर्देशन दिएको अवस्था छ । कोरोनाको सम्भावित संक्रमणका कारण प्रतिकूल अवस्थामा विभिन्न व्यक्ति, संघसंस्था, सरकारी तथा गैरसरकारी निकायबाट उपलब्ध गराउने राहत स्थानीय तहमा जम्मा गर्ने र एकद्वार प्रणालीबाट मात्र राहत वितरणको व्यवस्था मिलाउन मन्त्रालयले स्थानीय तहहरुलाई निर्देशन दिएको अवस्था छ ।

स्थानीय तहले वितरण भएको राहतको दैनिक विवरण समेत मन्त्रालयमा पठाउनुपर्छ । त्यसो त, सरकारले कोरोना नियन्त्रण तथा उपचार कोषलाई समेत एकद्वार बनाउने निर्णय गरिसकेको अवस्थामा आफूखुसी राहत बाड्न पाइदैन ।

कुनै संस्था वा व्यक्तिले राहतको नाममा पैसा उठाएपनि उक्त पैसा सरकारले खडा गरेको कोषमा जम्मा गर्नुपर्ने हुन्छ । यदी राहत सामग्रीहरु उठाएको छ भने सम्बन्धित निकायको अनुमति लिएर स्थानीय तहमार्फत बाड्नुपर्छ ।

आफूखुसी राहत सङ्कलन तथा वितरण गर्ने वा गराउनेलाई सङ्क्रमक रोग ऐन, २०२० बमोजिम कारवाही हुने बुझिएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply