Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुरक्षित छैनन् तरकारी बजार, उपभोक्ताको भान्सामै पुग्न सक्छ भाइरस

२०७७, ३ जेष्ठ शनिबार १३:०७

जेठ ३, काठमाडौँ | अत्यावश्यक ढुवानी भन्दै दैनिक तरकारीको गाडीहरु खुलमखूला उपत्यका भित्रीरहेका छन् । त्यसमा पनि हरेकदिन बिहानैदेखि कालिमाटी लगायत स्थानहरुमा हजारौंको संख्यामा भीड लाग्ने गरेको छ । ठेलमठेलको बीच तरकारी खरिद तथा विक्री भईरहँदा त्यसको जोखिमको हेक्का सरकारी निकायलाई भने छैन । 

सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि २५ जना भन्दा बढी एकैठाउँमा भेला नहुन आदेश गरेको छ । तर काठमाडौँ उपत्यकामा सञ्चालित विभिन्न तरकारी बजारमा हजारौंको संख्यामा तरकारी खरिद गर्नेको भिड भईरहेको छ । त्यहि तरकारी काठमाडौँका पसल-पसल र घरका भान्सासम्म पुग्ने गरेको छ । 

तरकारी बजार व्यवस्थापनमा सावधानी नहुँदा र अझै पनि बिचौलीयाहरुको बिगबिगी कायम रहँदा यति संवेदनशील समयमा समेत जिम्मेवार निकायले ध्यान नदिनु अचम्मको कुरा भएको आज बिहान काठमाडौँको कालिमाटी स्थित तरकारी बजार पुगेका चन्द्र सिङ अदाईले जानकारी दिए । बिहान दुई बजेदेखिनै हजारौंको भीडका बीच तरकारी किनबेच भईरहेको र सामान्य सावधानी समेत नअपनाइएको उनले बताए । उनले भने 'उपत्यकामा कोरोना संक्रमणको सबैभन्दा बढी जोखिम तरकारीमै छ, बाक्लो भीडका बीच एक जना मात्र संक्रमित भएमा त्यसले केहिदिनमै काठमाडौँमा कोरोना संक्रमण भयावह रुपमा फैलाउन सक्ने सम्भावना देखिन्छ ।' उनले आँखै अगाडीको सम्भावित भयावहको अवस्थालाई सरकारी निकायले हेक्का नगरेको बताए । उनले भने 'उपत्यकाभर कोरोनाको संक्रमण भयावह बनाउन कालीमाटी तरकारी बजारनै काफी छ । जहाँ सामान्य व्यवस्थापन पनि छैन । यसकारण उपभोक्ताको भान्सामै पुग्न सक्छ कोरोना भाइरस ।' 

काठमाडौँमा आइपुग्ने तरकारीहरुमध्ये आधा तरकारी अहिले पनि भारतबाटै आउने काठमाडौँ महानगरपालिकाका कृषि विभाग प्रमुख हरी भण्डारीले जानकारी दिए । यसै बिषयमा नेपालका कृषकहरुले उत्पादन गरेको तरकारी बारीमै कुहिएको तर भारतबाट तरकारी आउनु बिचौलियाकै प्रभाव मानिदै आएको छ । बिचौलियाहरुले अहिले पनि ठूलो मात्रामा भारतबाट तरकारी आयात गरेर नेपालको तरकारी उत्पादक किसानहरुलाई मारमा पार्ने काम गरेका छन् । तरकारी उपभोग पहिलेभन्दा घटेको अवस्थामा समेत आफ्नै देशको उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा सरकारी निकायहरु यस विषयमा मौन बसेका छन् । 

तरकारी बजारमा हुने भीड त्यहि स्थानको भीड होइन । १/२ घण्टाको भीडभाडबाट उनीहरु उपत्यकाभर फैलिन्छन् । यसरी फैलिएको भीडले उपत्यकालाई कतिसम्म जोखिममा पुर्याउँछ सरकारले नबुझेर हुनसक्छ त्यसको नियन्त्रण तथा व्यवस्थापनमा ख्याल गरेको देखिन्न । 

भारतमा कोरोना संक्रमणको अवस्था भयाबह बन्दै जाँदा अत्यावश्यक तरकारी ढुवानीको बहानामा दैनिक तरकारीहरु भारतबाट आउनु सकारात्मक विषय होइन । बजारको माग धान्ने नाममा संक्रमणको जोखिम बढीरहेको छ । त्यसमा पनि ढुवानीका क्रममा आवात-जावत गर्ने चालक तथा सह-चालकको थर्मल गनले ज्वरो नापेकै भरमा खुलमखुला नेपाल प्रवेश गर्नु तथा उनीहरु कहाँ बस्छन् को-को सँग भेट्छन् भन्ने सूचना नलिनुले जोखिम झनै बढाईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै