2026-09-19 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा कोरोना भाइरसको कारण पहिलो मृत्यु

जेठ ३, काठमाडौँ | हालसम्म कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको नेपालमा बिहिबार मृत्यु भएकी एक सुत्केरी कोरोना भाइरस कै कारण मृत्यु भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष रहेको बताइएको छ ।

धुलिखेल अस्पतालमा मृत्यु भएको बाह्रविसे नगरपालिका ९ राम्चेको सुत्केरी महिलामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।  बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले ती महिलाको मृत्यु पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष आएको बताएका हुन् ।

मन्त्री दुलालले केहीबेर अघि मात्र फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ‘धुलिखेल अस्पतालमा मृत्यु भएको बाह्रविसे नगरपालिका-९ राम्चेको सुत्केरी महिलामा कोरोना पोजेटिभ देखिएकोमा संक्रमीत महिलाको मृत्यु पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष आएको छ । यो नतिजाप्रति दुखित छु । सम्बन्धित स्थानहरु जिल्ला कोरोना क्राइसिस मेनेजमेन्टको तर्फबाट शिल गरिएको छ । सम्बंधित ठाउँमा भोली बिज्ञ प्राविधिक टोलीले कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परिक्षण गरिनेछ । धैर्यता र सहयोगको लागि सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु । मृतकप्रति हार्दिक श्रद्धान्जली र बिरामी नाबालकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’ 

सुत्केरीको कोरोना संक्रमणको कारण मृत्यु भएको बिषयमा आज दैनिक प्रेस ब्रिफिङको क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले महिलाको मृत्युबारे अध्ययन भइरहेको बताएका थिए । 

यसैबीच धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको सुरक्षा निकाय आफैले दाह संस्कार गर्ने भएको छ । कोभिड–१९ भाइरसका कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई