२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा पाँच अंकको गिरावट

२०७७, १६ कार्तिक आईतवार १२:४७

कात्तिक १६, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै पाँच अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ४.७२ विन्दुले घटेर एक हजार ६४०.९५ मा ओर्लेको छ । 

यस्तै सेन्सेटिभ परिसूचक १.४१ ले घटेर ३२६.६३ मा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कूल १९६ कम्पनीको एक करोड ६ लाख २६ हजार ५१४ कित्ता शेयर रु दुई अर्ब ९३ करोड नौ लाख ३९ हजार ७ मूल्यमा खरीदबिक्री भए ।

आज कारोबार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो तथा सात उपसमूहको शेयर ओरालो लागेका छन् । व्यापार २४.३७, जलविद्युत् १९.३१, निर्जीवन बीमा १०.४५, अन्य ५.३६ र लघुवित्त २९.४१ विन्दुले बढेका छन् । यस्तै बैंकिङ १४.५५, होटल १५.२९, विकास बैंक ६.९८, वित्त २.१८, उत्पादन १५.२१, जीवन बीमा ७.४५ र सामूहिक लगानी कोष ०.०१ ले ओरालो लागेका छन् ।

कारोबारका आधारमा आज शिवश्री हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २३ करोड २७ लाख ७२ हजार ९२५ बराबरको कारोबार भयो । यस्तै अपी पावर कम्पनी रु १६ करोड ८७ लाख ६० हजार ४९६, प्राइम बैंक रु १५ करोड ६८ लाख ८६ हजार ६९४, एचआइडिसिएल रु १२ करोड २४ लाख ४९ हजार ९३८, एनआइसी एशिया बैंक रु १० करोड ७७ लाख ४६ हजार ६८०, सानिमा बैंक रु १० करोड ६३ हजार र नेपाल बैंक रु नौ करोड तीन लाख ९६ हजार ३९४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज विशाल बजार कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी नेपाल फाइनान्सका लगानीकर्ताले समान १०÷१० प्रतिशतले कमाउँदा शिवश्री हाइड्रोपावर ९.८५, एचआइडिसिएल ९.७६, नेरुडे लघुवित्त ९.५६, रैराङ हाइड्रोपावर ६ र अपी पावर कम्पनीका लगानीकर्ताले ५.७३ प्रतिशतले कमाए । त्यस्तै सानिमा इक्विटी फण्ड ५.३०, स्टयाण्डर्ड बैंक ३.९५, जनरल इन्स्योरेन्स कम्पनी ३.७३, कर्णाली डेभलपमेन्ट बैंक ३.४०, सनराइज बैंक ३.३५, सेन्ट्रल फाइनान्स २.९१ र नेपाल हाइड्रोका लगानीकर्ताले २.७१ प्रतिशतले गुमाए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने