नेपाल हाइड्रोका लगानीकर्ताको विवादले साधारण सभा स्थगित

साझासवाल
2 Min Read

कात्तिक १६, रुपन्देही | बुटवलस्थित नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड(एनएचइ) का लगानीकर्ता सञ्चालकबीचको विवादका कारण तीन वर्षपछि आज आयोजित कम्पनीको १४ औं साधारणसभा स्थगित भएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७४/७५ को चौधौ साधारण सभा आज बुटवलमा आयोजना गरिएको थियो । यसअघि कम्पनीको सबैभन्दा ठुलो लगानीकर्ता मध्येको बुटवल पावर कम्पनीले एनएचइका सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्ष, सदस्य र कम्पनी सचिवसमेत लाई विपक्षि बनाइ २०७५ भदौ २० गते कम्पनी ऐन बमोजिम सजाय गरी पाउ भनि अदालतमा उजुरिपत्र र मुद्धा दायर गरेकाले कम्पनीको विगत तीन आर्थिक वर्षदेखि साधारण सभा हुन सकेको थिएन ।

उक्त उजुरीपत्र तथा मुद्धा दायर गर्ने पक्षले आफ्नो माग दाबी छाडेर दुवै पक्षबिच सहमति भएपछि २०७६ पुस १६ गते मिलापत्र भएपछि कम्पनीको आन्तरिक लेखापरिक्षण पश्चात असोज १२ गतेको सञ्चालक समितिको बैठकले आजका लागि चौधौ साधारण सभा गर्ने निर्णय गरेको थियो । कम्पनीको नियमानुसार आजको साधारण सभामा सञ्चालक समितिका तर्फबाट ५१ प्रतिशत गणपुरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । कम्पनीमा सबैभन्दा ठुलो लगानीकर्ता बुटवल पावर कम्पनीका तर्फबाट प्रतिनिधित्व गर्ने दुई सञ्चालक समितिका सदस्य नै उपस्थित नहँुदा ५१ प्रतिशत नपुगेको हो ।

उक्त कम्पनीको एनएचइमा ५१ प्रतिशत लगानी रहेको छ । यस्तै नर्वेजियन कम्पनी आइकेएनआइको ४७ प्रतिशत, हिमाल हाइड्रो पावर र बुटवल टेक्नीकल इन्टिच्युटको एक/एक प्रतिशत शेयर लगानी रहेको कम्पनी सचिव होमबहादुर रावत क्षत्रीले जानकारी दिनुभयो । रासस

Share This Article
Leave a Comment

Leave a Reply