बिहीबार घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

साझासवाल
1 Min Read

कात्तिक २०, काठमाडौं । बिहीबार सुनको भाउमा सामान्य अंकले गिरावट आएको छ । बुधबार तोलाको ९६  हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ९६ हजार २ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा १ सयले नै घटेर ९५ हजार ७ सय रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउमा भने आज ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १२ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८४२ हजार ४७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share This Article
Leave a Comment

Leave a Reply