2026-09-12 08:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेटिङमा देउवा प्रधानमन्त्री बनेको खगराज अधिकारीको दाबी

मङ्सिर ४, बुटवल | पूर्व गृहमन्त्री एवं एमाले नेता खगराज अधिकारीले संसद् विघटनको फैसला उल्टाउने र शेरबहादुर देउवालाई परमादेशमा प्रधानमन्त्री बनाउन भूमिका खेलेका सर्वोच्चका सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रधानन्यायाधीशलाई हटाउन बारले आन्दोलन गरिरहेका बेला नेता अधिकारीले प्रधानन्यायाधीश मात्र हटेर समस्या समाधान नहुने भएकाले बाँकी चार जना न्यायाधीशले पनि राजीनामा दिनुपर्ने बताए । ‘सर्वोच्चको अहिलेको विवादले संसद् विघटनको फैसला उल्टाउने र परमादेशमा सरकार गठन गर्ने काम सेटिङमा भएको पुष्टि भएको छ’, उनले भने, ‘सेटिङमा संलग्न सबैले राजीनामा दिनुपर्छ ।’

राष्ट्रपतिको अधिकारको अपव्याख्या गरेर सर्वोच्चले फैसला गरेको र परमादेशबाट बनेको सरकारले फैसला गर्ने न्यायाधीश कसैलाई मन्त्री र कसैलाई तक्माको पुरस्कार दिएको बताउँदै उनले तक्मा लिनु भनेको घुस लिए सरह भएकाले ती सबैले राजीनामा दिनुपर्ने बताएका छन् ।

नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्व  स्वास्थ्यमन्त्रीसमेत रहेका अधिकारीले अहिलेको सरकारले स्वास्थ्य क्षेत्रलाई विकृत तुल्याउने काम गरेको आरोप लगाए । ‘अहिले स्वास्थ्य मन्त्रालय घुस्याहाको अखडा बनेको छ । राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई अवधि नपुगीकनै सरुवा गर्ने र स्वास्थ्य संस्थालाई कमजोर पार्ने काम भएको छ,’ उनले भने ।

फरक प्रसंगमा नेता अधिकारीले प्रचण्ड र माधव नेपाल दलाल पुँजीवादका नेपाली एजेण्ट भएको आरोप लगाएका छन् । पैसाका लागि पार्टी फुटाउने अपराधपूर्ण कामको चिन्तनमा प्रचण्ड र माधव नेपालहरू लागेको र यसको फाइदा दक्षिणपन्थीले लिएको भन्दै अधिकारीले चुनावबाट एमाले फेरि सत्तामा फर्कने बताए । 

मदन भण्डारीले सुरु गरेको राष्ट्रिय स्वाधीनताको लडाइलाई केपी ओलीले अगाडि बढाएको र त्यसैको फलस्वरूप कम्युनिस्ट पार्टी सत्तामा पुग्न सफल भएको उनको भनाई छ । तर, वामपन्थी सरकारमा पुग्दा गम्भीर विचलन देखा पर्ने गरेको उनले बताए । 

कार्यक्रममा बोल्दै राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका कार्यवाहक अध्यक्ष रामबहादुर चन्दले संघभित्र फुटपरस्त गतिविधिमा लाग्नेलाई निलम्बन गरिएको भन्दै अव संगठनलाई अझ सुदृढ, व्यवस्थित र पारदर्शी बनाएर लगिने बताए । संघका महासचिव डा. झलक शर्मा गौतमले स्वास्थ्यकर्मी संघ देशभरिका स्वास्थ्यकर्मीहरूको आशा र भरोसाको केन्द्र बनेको भन्दै मुलुकभरका स्वास्थ्यकर्मीको  हक हितको रक्षा गर्दै संघ अगाडि बढ्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस