Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

६५ वर्षीया हीरादेवीले चिर्पट हानेर ६८ बर्षीय श्रीमानको हत्या

By kit 2 मिनेट पढाइ

<p><b>पुस १६, गोरखा । </b>भीमसेन गाउँपालिका–८ बोर्लाङमा चिर्पट प्रहारबाट एक जनाको हत्या भएको छ ।&nbsp;<br></p><p>चिर्पटले टाउकामा प्रहार गरी श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेको आरोप लगाइएको छ । पंैसठ्ठी वर्षीया हीरादेवी श्रेष्ठले ६८ वर्र्षीय श्रीमान् केयरमानलाई शनिबार बेलुकी घरझगडाका क्रममा चिर्पट हानेर हत्या गरेको प्रहरीले जनाएको छ । अभियुक्त हीरादेवीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताउनुभयो ।&nbsp;</p><p>प्रहरीसमक्ष हीरादेवीले श्रीमान्को हत्या गरेको स्वीकार गरिसकेकी छन् । “घरायसी झगडाका क्रममा चिर्पट प्रहारबाट केयरमानको हत्या भएको देखिन्छ”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “घटनाबारे थप अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि गोरखा अस्पताल ल्याइएको छ । रासस</p>