राजनीति | काठमाडौँ - KTM


भारतमा लोकसभाको आज तेस्रो चरणको मतदान हुदै

Posted on May 07, 2024 | views : 218 | काठमाडौँ - KTM

बैशाख २५, काठमाडौँ | भारतमा आज लोकसभा चुनावको तेस्रो चरणको मतदान भइरहेको छ । यस चरणमा ११ राज्य र केन्द्र शासित प्रदेशको ९३ सिटमा मतदान भइरहेको छ । तेस्रो चरणमा कुल १.८५ लाख मतदान केन्द्रमा १७.२४ करोड मतदाताले मतदान गर्ने भारतीय निर्वाचन आयोगले जनाएको छ ।  यस चरणमा हाइप्रोफाइल नेताहरु गृहमन्त्री

Read More

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

Posted on May 07, 2024 | views : 183 | काठमाडौँ - KTM

वैशाख २५, काठमाडौँ । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ । आगामी अधिवेशन स

Read More

नयाँ समीकरण बनाउने चर्चा निराधार हो : नेकपा एस

Posted on May 06, 2024 | views : 244 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौँ | सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस) ले पार्टीभित्र अन्तरविरोध नभएको बताउँदै नयाँ समीकरण बनाउने चर्चा पनि निराधार रहेको जनाएको छ। जनता समाजवादी पार्टी विभाजनका सन्दर्भमा नेकपा एसले आफ्नो पार्टी पनि वैकल्पिक समीकरणको कसरतमा लागेको भन्ने आरोपलाई खण्डन गर्दै वर्तमान सत्ता समीकरणप

Read More

दलको बैठकमा माधव नेपालको ब्रिफिङ- यही गठबन्धनलाई निरन्तरता दिने कुरामा प्रष्ट छौं

Posted on May 06, 2024 | views : 395 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौँ | नेकपा एकीकृत समाजवादीले पार्टीका अध्यक्ष माधव नेपालले यही गठबन्धनलाई निरन्तरता दिने कुरामा आफू प्रष्ट रहेको पार्टीको बैठकमा ब्रिफिङ गरेका छन्। आज बसेको संसदीय दलको बैठकमा गठबन्धनमा आबद्ध दलबाट आफ्नो पार्टीलाई भएको व्यवहारको विषयमा आफूले प्रष्ट राख्दै आएको बताए। अध्यक्ष नेपालको

Read More

रास्वपाका मन्त्रीहरुद्वारा आफ्नो सम्पति सार्वजनिक गरिदिन मन्त्रीपरिषदको कार्यालयमा पत्राचार (पत्र सहित)

Posted on May 06, 2024 | views : 573 | काठमाडौँ - KTM

वैशाख २४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्राचार गरेका छन् । मन्त्रीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आ-आफ्नो सम्पति विवरण बुझाएको

Read More

नागरिक उन्मुक्ति विवाद : सोमबार पनि भएन सुनुवाई

Posted on May 06, 2024 | views : 305 | काठमाडौँ - KTM

बैशाख २४, धनगढी | कैलालीको टीकापुर घटनापछि जन्मेको नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद सम्बन्धी दुई मुद्दा सोमबार पनि सुनुवाई भएन। सोमबार न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको इजलासमा रहेको पेशी हेर्न नभ्याउने हुदै स्थगीत भएको हो। वैशाख १८ गते पनि उक्त  मुद्दा हेर्न नमिल्ने

Read More

रास्वपाले बोलायो संसदीय दलको बैठक

Posted on May 06, 2024 | views : 311 | काठमाडौँ - KTM

बैशाख २४,  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी संसदीय दलको बैठक आह्वान भएको सहमहामन्त्री मनीष झाले जानकारी दिए । २८ वैशाखबाट बस्ने संसद् बैठकको तयारीका लागि संसदीय दलको बैठक बस्न लागेको झाले जानकारी दिए । ‘सदन

Read More

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

Posted on May 06, 2024 | views : 342 | काठमाडौँ - KTM

बैशाख २४,  काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम आफू एमालेमा फर्किन आतुर रहेको बताएका छन् । नेता गौतमले वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै आफु एमालेमा फर्किन आतुर रहेको बताउदै अध्यक्ष केपी शर्मा ओलीले ७-८ महिना देखि कुरिरहेको ब

Read More

जसपा नेपाल भन्छ- बहुमत केन्द्रीय सदस्य दलप्रति प्रतिबद्ध छन्, विभाजनको अवस्था छैन

Posted on May 06, 2024 | views : 324 | काठमाडौँ - KTM

बैशाख २४,  काठमाडौँ । जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ । जसपा नेपालका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्दै हाल जसपा नेपाल विभाजन भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै अहिले दल बिभाजनको अवस्था नरहेको बताएका छन् । उनले हाल संसदको अधिवेशन आव्हान भइसकेको र दल बिभाजन

Read More

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो

Posted on May 06, 2024 | views : 263 | काठमाडौँ - KTM

बैशाख २४,  काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ । यस अघि यही वैशाख २८ गते बस्ने भनिएको बैठक ३१ गतेदेखि काठमाडौँमा बस्ने भएको हो ।  पार्टी महासचिव घनश्याम भुसालले आन्तरिक तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिएका छन् । वैशाख ३१ देखि दुई दिनसम्म चल्ने बैठकमा आसन्

Read More

सवारी लाइसेन्सको विषयमा उठेका प्रश्नहरू समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

Posted on May 06, 2024 | views : 296 | काठमाडौँ - KTM

बैशाख २४,  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरू बोलाएर छलफल गरेका छन् । सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री

Read More

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृहमन्त्री लामिछानेद्वारा ३ बुँदे निर्देशन जारी

Posted on May 06, 2024 | views : 389 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौं । गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि त्यसलाई केही कडाई गर्ने भएको छ । मन्त्रालयले सोमबार यसबारे तीन बुँदे निर्देशन जारी गरेको छ । निर्देशनअनुसार शारीरिक एवं मानसिक रु

Read More

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

Posted on May 06, 2024 | views : 268 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण राज्यमन्त्री  दीपक कार्कीले आफू संस्थापन पक्षमै आवद्ध रहेको प्रष्ट पारेका छन् । राज्यमन्त्री कार्कीको निजी सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा आइरहेका भ्रामक सूचनाको खण्डन गर्दै उनी जसपा नेपाल स

Read More

जसपा फुट्यो की फुटाइयो !

Posted on May 06, 2024 | views : 373 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौँ ।  सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप

Read More

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

Posted on May 06, 2024 | views : 288 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौँ । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले मंगलबार बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ । आगाम

Read More

जसपा फुट्यो, अशोक राईको नेतृत्वमा आयोगमा निवेदन

Posted on May 05, 2024 | views : 494 | काठमाडौँ - KTM

बैशाख २३, काठमाडौं | उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । अशोक राई नेतृत्वमा आइतबार अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन दिइएको छ । हाल प्रतिनिधिसभामा १२ सांसद रहेको जसपाका ७ जना सांसद राई नेतृत्वमा नयाँ दल गठन गर्न आयोग पुगेका थिए । नयाँ दल जनता समा

Read More

सिधाकुरा डटकमविरुद्ध अर्को अवहेलना मुद्दा दर्ता

Posted on May 05, 2024 | views : 275 | काठमाडौँ - KTM

बैशाख २३,  काठमाडौं | अदालतको अवहेलना गरेको आरोपमा सिधाकुरा डटकम विरुद्ध अदालतको अवहेलना सम्बन्धी अर्को मुद्दा पनि परेको छ । अधिवक्ता अनुपम भट्टराईले सिधाकुरा डटकमका सञ्चालक र कार्यकारी सम्पादकलाई अदालतको अवहेलनामा कारवाही हुनुपर्ने माग राखी  सर्वोच्च अदालतमा निवेदन पेश गरेका हुन् । सर्वोच

Read More

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

Posted on May 05, 2024 | views : 348 | काठमाडौँ - KTM

बैशाख २३,  काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय थप अन्योलमा परेको छ । सुदूरपश्चिममा सत्ता गठबन्धनको महत्वपूर्ण दल नेकपा एमालेले विश्वासको मत दिने विषयमा निर्णय नगरेपछि मुख्यमन्त्री सोडारीको विश्वासको मत लिने विषय अन्योलमा परेको छ । एमाले अनिर्णित हुद

Read More

काठमाडौँ आइपुगिन् जापानकी विदेशमन्त्री योको

Posted on May 05, 2024 | views : 238 | काठमाडौँ - KTM

बैशाख २३, काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौँ आइपुगेकी छन् । जापानी विदेशमन्त्री खामिखावा आइतबार बिहान काठमाडौँ आइपुगेकी हुन् । विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन

Read More

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ- प्रधानमन्त्री

Posted on May 05, 2024 | views : 225 | काठमाडौँ - KTM

बैशाख २३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्वयन

Read More

सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

Posted on May 05, 2024 | views : 347 | काठमाडौँ - KTM

बैशाख २३, काठमाडौँ |  क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ । जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिएको छ । यस अघि पटक पटक 'हेर्न नभ्याइने' मा परेको यो

Read More

जयशंकरको टिप्पणी- नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुदैन

Posted on May 05, 2024 | views : 254 | काठमाडौँ - KTM

बैशाख २३, काठमाडौँ | सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त्री एस जयशंकरको टिप्पणी बाहिर आएको छ । भारतीय मिडियाहरुका अनुसार विदेशमन्त्री जयशंकरले सीमा विवादको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा प्रक्रिया अगाडी बढाएर धरातलीय यथार्थ परिवर्तन नहुने

Read More

सिंहदरबारमा माओवादीको संसदीय दलको बैठक जारी

Posted on May 04, 2024 | views : 252 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौं | नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी रहेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ। बैठकमा  प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को

Read More

कमल थापाको टिप्पणी- नेपाली नोटमा चुच्चे नक्शा राख्ने निर्णय सस्तो लोकरिझ्याई

Posted on May 04, 2024 | views : 284 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौँ | राप्रपा नेपालका अध्यक्ष कमल थापाले सय रुपैयाँको नोटमा चुच्चे नक्शा राख्ने निरन्य सस्तो लोकरिझ्याई भएको टिप्पणी गरेका छन् । अध्यक्ष थापाले सीमा मिचिएको बारे बोल्न नसक्ने, इपिजी बारे कुरा गर्न डराउने, जलस्रोतमा भरतीय एकाधिकार कायम गराउने सरकारले नेपाली नोटमा चुच्चे नक्शा राख्ने नि

Read More

रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने, महामन्त्रीलाई प्रतिवेदन बनाउने जिम्मेवारी

Posted on May 04, 2024 | views : 204 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको पराजय पछि समग्र पार्टीको स्थापना कालदेखिकै समीक्षा गर्ने भएको छ । शुक्रबार बसेको सचिवालयको बैठकले पार्टीको समग्र समीक्षा गर्ने निर्णय गरेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन् । साथै रास्वपाले महामन्त्री ढक

Read More

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिदै

Posted on May 04, 2024 | views : 226 | काठमाडौँ - KTM

बैशाख २२, धनगढी | सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने गरि प्रदेशसभा बैठक आजको लागि बोलाइएको छ । यस अघि शुक्रबार बोलाइएको बैठक मुख्यमन्त्री सोडारीको अनुरोधमा आजको लागि सारिएको हो । आज बैठक साढे ५ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । नेकपा एमालेले विश्वासको मत

Read More

विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छः गृहमन्त्री लामिछाने

Posted on May 03, 2024 | views : 226 | काठमाडौँ - KTM

बैशाख २१, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले विपद्मा परेका नागरिकको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स हुन जरुरी रहेको बताएका छन् ।  शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद्मा परेका नागरिक

Read More

प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन- प्रधानमन्त्री

Posted on May 03, 2024 | views : 259 | काठमाडौँ - KTM

बैशाख २१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने बताएका छन् । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आसञ्चार माध्यमलाई नियन्त्रण गर्नेभन्दा पनि स

Read More