अबैध कल बाइपासमा श्रीलंकाली पनि

साझासवाल
1 Min Read

कात्तिक १९, काठमाडौं | नेपालबाट हुने गरेका अवैध कल बाइपासमा श्रीलंकाली नागरिकसमेत सक्रिय रहेको खुलेको छ । यसअघि अवैध कल बाइपासमा बंगलादेशी, भारतीय र चिनियाँ नागरिक सक्रिय भएको पाइएको थियो । ल्यान्डलाइनमार्फत भएको कल बाइपासको अनुसन्धानमा श्रीलंकाली नागरिकको समेत संलग्नता देखिएको हो ।

नेपाल टेलिकमको अप्टिकल फाइबरमार्फत अवैध कल बाइपास गरेको आरोपमा रविराज सिंह पक्राउ परेपछि श्रीलंकालीको संलग्ना खुलेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सिंहलाई पक्राउ गरी उनलाई श्रीलंकाली नागरिकले सघाएको विवरण सार्वजनिक गरे पनि अन्य कुनै विवरण खुलाएको छैन ।

स्रोतका अनुसार ब्युरोले सिंहलाई तिहारअगाडि नै पक्राउ गरे पनि गोप्य राखेको थियो । तिहारपछि मात्रै ब्युरोले विज्ञप्ति जारी गरी सिंहलाई पक्राउ गरिएको विवरण सार्वजनिक गरेको हो । ब्युरोका अनुसार श्रीलंकाली नागरिक नेपाल आई अवैध कल बाइपासका उपकरण जडान गरेर श्रीलंका फर्केपछि मात्र सिंहले कल बाइपास सुरु गरेका थिए ।

यसअघि गिरोहले भीओआईपी र जीओआईपी प्रविधि प्रयोग गरी मोबाइल सिमबाट कल बाइपास गर्दै आएका थिए । सिंहको पक्राउपछि ल्यान्डलाइन समेत पुनःप्रयोग हुन थालेको देखिएको हो । – कान्तिपुर

Share This Article
Leave a Comment

Leave a Reply