2026-06-24 08:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दुग्गी नाईट क्रिकेटको उपाधि युपीको ठुठिबारीलाई

मोहम्मद ईजहार शेष । कात्तिक १९, परासी । नवलपरासीको कुश्मा गाविस वडा नम्बर ६ परसीयामा सञ्चाल गरिएको दुग्गी नाईट क्रिकेट प्रतियोगिताको उपाधि उत्तर प्रदेशको ठुठिबारीले हात पारेको छ भेन आयोजक हुसैनी क्रिकेट क्लब परसीया उपबिजेता बनेको छ । 

प्रतियोगिताको गएराति कडा प्रतिस्पर्धाका बिच सम्पन्न भएको छ । फाईनल खेलमा टस जितेर बैटिङ्ग रोजेको आयोजकले निर्धारीत ८ ओभरमा विपक्षिलाई २८ रनको लक्ष्य दिएको थियो । परसीयाका आक्रमक ब्याट्स म्यान वजिर अन्सारी र उमेश गुप्ताको अत्ति खराब प्रदर्शनका कारण सुरुवाति ४ ओभरमा परसीयाले जम्मा ७ रन बनाउन सकेको थियो । परसीयाका अर्का ब्याट्सम्यान बदरेआलम अन्सारी र क्याप्टन नबाबुद्धिन अन्सारीको केहि राम्रो प्रदर्शनका कारण ८ ओभरमा ठुठिबारीलाई २८ रनको लक्ष्य दिएको थियो । निकै कम रनको लक्ष्य पाउनपनि ठुठिबारीलाई धेरै गाह्रो भएको थियो । तर ठुठिबारीका अन्तिम ब्याट्सम्यानहरुले कडा मेहनतका साथ अन्तिम ओभरका पाँचौ बलमा मात्र लक्ष्य भेटाउदै उपाधि प्राप्त गर्न सफल भएका थिए । 

प्रतियोगिताको समापन नेपाल राष्ट्रिय ब्यापार महासंघका केन्द्रिय सदस्य दिपक शाहको प्रमुख आतिथ्य तथा हुसैनि क्रिकेट क्लबका अध्यक्ष नबाबुद्धिन अन्सारीको अध्यक्षतामा एक कार्यक्रम गरि समापन तथा पुरस्कार बितरण गरिएको हो । प्रतियोगितामा बिजेता सम्पुर्ण खेलाडिलाई एक एक थान मल्टीमेडिया मोबाईल र उपबिजेतालाई नगद रु ५ हजार सहित मेडलले पुरस्कृत गरिएको थियो । सो अवसरमा स्थानीय समाजसेवी क्यामुद्धिन अन्सारी , फिरोज अन्सारी , अशोक ठाकुर लगायतले आ आफनो धारणा राख्नु भएको थियो । 

यस्तै ठुठिबारीका क्याप्टन मोनु सहानीले आफनो टिमको प्रदर्शनका बारे प्रतिक्रिया दिदै प्रतियोगिता निकै प्रतिस्पर्धि र अनुशासित रुपमा सञ्चालन भएको बताएका थिए भने प्रतियोगितामा हुसैनि युथ क्ल्ब नवलपरासीका कोषाध्यक्ष क्यामुद्धिन अन्सारी र सामुदायिक रेडियो परासीका मोहम्मद ईजहार शेषले कमेन्टरीङ्ग गरेका थिए । प्रतियोगितामा सामुदायिक रेडियो परासी मेडिया पार्टनरको रुपमा रहेको थियो भने प्रतियोगितामा भारतको युपि र नवलपरासीका १८ वटा टिमहरुको सहभागिता रहेको थियो ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक