साउन ४, काठमाडौं । यातायात व्यवस्था विभागले सेवाको गुणस्तरमा सुधार नगरी सवारीचालक अनुमतिपत्र (लाइसेन्स) शुल्कलगायतमा भारी बृद्धि गरेको छ ।

विभागले मोटरसाइलको नयाँ लाइसेन्स र नवीकरण शुल्क १ हजार ५ सय रुपैयाँ तोकेको छ । यसअद्धि यस्तो शुल्क ७ सय रुपैयाँ थियो । त्यस्तै कार, जिप, भ्यान, पिकअप, टेम्पो, पावरटिलरजस्ता साना सवारीचालनकको अनुमतिपत्र शुल्क २ हजार पुगेको छ ।

१५ देखि २५ सिट क्षमताका सझौला सवारीसाधन चलाउनेले अनुमतिपत्रका लागि २ हजार ५ सय र बस ट्रकलगायत ठूला सवारी साधन चलाउनेले ३ हजार रुपैयाँ तिर्नुपनेछ ।

लाइसेन्स लिनका लागि सेवाग्राहीले विहान ७ बजे नै लाइनमा लाग्नुपर्ने समयमै कार्यालय नखुल्ने र अधिकांश काम दलालमार्फनै गर्नुपर्ने बाध्यता विभाग मातहतका कार्यालयमा छ ।सेवा प्रवाहको गुणस्तर सुधार्न चासो नदिएको विभागले सेवाग्राहीबाट लिने शुल्कमा भने भारी वृद्धि गरेको छ ।

चालू आर्थिक वर्ष ०७३/७४ को बजेटमा अर्थमन्त्री विष्णु पौडेलले गैरकरतर्फको करको दरमा पुनर्मुल्यांकन गर्ने नीति लिने बताएका थिए । सोही नीतिलाईकार्यान्वयन गर्नेक्रममा भौतिक पूर्वाधानर तथा यातायात मन्त्रालयको निर्देशनमा यातायात व्यवस्था विभागले सवारीसाधनलधनीलाई दिने सबै सेवाको शुल्क बढाएको हो । आ-नयाँ पत्रिका दैनिक

Related News