समृद्ध मधेस काँग्रेसको चाहनाः पौडेल

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

मङ्सिर ६, बर्दिवास । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकार सम्पन्न र समृद्ध मधेस काँग्रेसको चाहना रहेको बताएका छन् ।

नेता पौडेलले आज महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै काँग्रेसले नै मधेसको समस्या सम्बोधन गर्नसक्ने दाबी गरे ।

आफ्नो पछिल्लो मधेस भ्रमणका क्रममा आम मधेसीले आर्थिक समृद्धि, रोजगारी, शिक्षा र स्वास्थ्यमा सबैको पहुँच होस् भन्ने चाहेको नेता पौडेलको भनाइ छ । संवैधानिक रुपमा सम्बोधन गर्नै पर्ने मधेसका एजेन्डाबारे सबै दलसँगको सहकार्यबाट संशोधन गरिने पौडेलले बताए ।

एक फरक प्रसङ्गमा नेता पौडेलले दलको नेतृत्व गर्नेले सबैलाई समेटेर अघि बढ्नुपर्ने उल्लेख गरे । नेता पौडेलको आजै महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ । रासस

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply