पुस २१, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले इतिहास र संस्कृति जोगाउन आवश्यक रहेको बताएका छन्।

संस्कृति बचाउ अभियन्ताहरुसँग बुधबार आफ्नै निवास बालकोटमा भएको भेटमा उनले सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताएका हुन्।

ओलीले सभ्यताको सृष्टि हाम्रो भूमि भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढदामात्रै इतिहासमाथि न्याय हुने उल्लेख गरे। उनले हाम्रा पूर्वजहरुसँग अरु कसैले तुलना हुन नसक्ने बताए।

ओलीले सभ्यताको ज्योति यहाँ बलेको र अरुले झिल्को लगेर नयाँ सभ्याताको विकास गरेको भन्दै सभ्यता र संस्कृतिको विकासमा लाग्नेहरुलाई आफ्नो साथ रहने प्रतिवद्धता व्यक्त गरे।

Related News