विनोद चौधरीविरुद्ध निर्वाचन आयोगमा उजुरी

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

पुस २२, काठमाडौँ | नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा मधेसी कोटाबाट निर्वाचित उद्योगी विनोद चौधरीको पद खारेजीको माग गर्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी परेको छ। चौधरी विधान विपरीत केन्द्रीय सदस्य बनेको भन्दै सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले समितिमा उजुरी दिएका हुन्। उनले चौधरीको स्थानमा आफूलाई केन्द्रीय सदस्य बनाउन माग गरेका छन्।

चौधरी काँग्रेसको १४ औं महाधिवेशनमा मधेसी (खुला) कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए। काँग्रेसको विधानमा केन्द्रीय सदस्य बन्न १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएमात्र केन्द्रीय सदस्य बन्न प्रावधान भएपनि चौधरी २०७४ सालमा मात्र काँग्रेस प्रवेश गरेको उनको दाबी छ। यादवले चौधरीको अवैधानिक केन्द्रीय सदस्य पद खारेज गरी आफूलाई केन्द्रीय सदस्यमा मनोनयन गर्न समेत माग गरेका छन्। उनले आफूले नेपाली काँग्रेसको विधानको रक्षा र विधानको कार्यान्वयनका लागि उजुरी दर्ता गराएको बताएका छन्।

‘नेपाली काँग्रेसको विधान, २०१७ को परिच्छेद ७ दफा २१(८) मा १० वर्ष निरन्तर नेपाली काँग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधिबाट ४ महिला सहित ९ जना मधेसी केन्द्रीय सदस्य रहने व्यवस्था रहेको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको २०७८।०७।२८ गतेको बैठकबाट बाधा अड्काउ फुकाऊ सम्बन्धी प्रस्तावको निर्णयमा पार्टीको केन्द्रीय सदस्य रहेको व्यक्ति न्यूनतम १० वर्ष निरन्तर क्रियाशील सदस्य हुनु पर्ने पदमा उम्मेदवार हुन पाउने बाहेक अन्य जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको सभापति महानगर उपमहानगर सभापतिमा उम्मेदवार हुन पाउने छैन भनी भएको व्यवस्थाले समेत १० वर्ष निरन्तर क्रियाशील सदस्य भएको व्यक्ति मात्र केन्द्रीय सदस्यको पदमा उम्मेदवार हुन पाउने स्पष्टै छ, ‘उजुरीमा भनिएको छ।

उनले विनोद चौधरीको सम्बन्धमा नेपाली काँग्रेस केन्द्रीय कार्यालय र काँग्रेस केन्द्रीय निर्वाचन समितिमा उजुरी गर्दा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर आयोगमा उजुरी दिएको बताए। उनले भने, ‘नेपाली काँग्रेसको विधान विपरीत निर्वाचित भनिएको विनोद चौधरीको सम्बन्धमा नेपाली काँग्रेस केन्द्रीय कार्यालय र काँग्रेस केन्द्रीय निर्वाचन समितिमा उजुरी गर्दा पनि कुनै सुनुवाइ नगरेपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४, १५, १७, ५७ समेतको आधारमा प्रस्तुत उजुर निवेदन पत्र पेश गरेको छु।’

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply