प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

पुस २३, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ। भारतको गुजरातमा हुने भनिएको ‘भाइबे्रन्ट गुजरात’ कार्यक्रममा सहभागी हुन देउवा आइतबार त्यसतर्फ जाने तय भएको थियो।

भारतमा बढ्दो कोरोना संक्रमणका कारण उक्त कार्यक्रम स्थगित भएसँगै देउवाको भ्रमण रद्द भएको हो। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले देउवाको भारत भ्रमण स्वीकृत गरेको थियो। नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि भारतबाट औपचारिक भ्रमण सुरु हुने विगतको परम्परा भए पनि पछिल्लोपटक देउवा प्रधानमन्त्री भएको पाँच महिनाभन्दा बढी भइसक्दा पनि भारत भ्रमण हुन सकेको छैन।

देउवाको आइतबारदेखि हुने भनिएको भ्रमण पनि राजकीय नभएर भारतको एउटा राज्य गुजरातमा हुन लागेको कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जान लागेका थिए। त्यहाँ उनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुने कार्यक्रम थियो। अनौपचारिक रूपमा देउवा र भारतीय समकक्षी मोदीबीच नोभेम्बरमा स्कटल्याण्डको ग्लास्गोमा आयोजना भएको जललायु सम्मेलनमा भेट भएको थियो।

सोमबार हुने भनिएको भाइब्रेन्ट गुजरात कार्यक्रमको उद्घाटन सत्रमा सहभागी हुन भारतले विभिन्न पाँच मुलुकका सरकार प्रमुख तथा राष्ट्रप्रमुखलाई निमन्त्रणा गरेको थियो। जसमा प्रधानमन्त्री देउवासहित रुसका प्रधानमन्त्री, मौरिससका प्रधानमन्त्री, सोलोभानियाका प्रधानमन्त्री तथा मोजाम्बिकका राष्ट्रपतिलाई निमन्त्रणा गरिएको थियो।

यसैबीच, परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच बिहीबार टेलिफोनका कुराकानी भएको छ। टेलिफोनमा दुई देशबीच विकास साझेदारी, कोरोनासम्बन्धी सहयोग, दुईपक्षीय सम्बन्ध थप बलियो बनाउनेलगायतका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply