2026-10-16 03:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

देवघाटधामका अतिक्रमित संरचना भत्काउन सुरु

पुस २३, काठमाडौँ | रासस | पवित्र तीर्थस्थल देवघाटधाममा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्कालन सुरु गरिएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट, तनहुँको देवघाट र चितवनको भरतपुर कार्यक्षेत्र रहेको देवघाट क्षेत्र विकास समितिले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जनाउँदै अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । 

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले अतिक्रमण गरेर निर्माण गरिएको संरचना डोजर लगाएर भत्काउन सुरु गरिएको बताउनुभयो । “हामीले चितवनको भरतपुर महानगरपालिका–१ मा पर्ने देवाघाटतर्फबाट सडक मिचेर निर्माण गरिएको घरटहरा भत्काउन सुरु गरेका छौँ”, अध्यक्ष अधिकारीले भन्नुभयो, “बिहीबारमात्रै सीताराम संस्कृत माविदेखि चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलसम्मको सडक किनारको संरचना हटाउने कामको सुरु गरिएको छ ।” 

चितवनतर्फको देवघाटमा रहेको सीताराम संस्कृत माविबाट झोलुङ्गे पुलसम्म ११ मिटर चौडाइको सडक भए पनि अतिक्रमणमा परेको अधिकारीले बताउनुभयो । सडकको दुवै किनारमा अतिक्रमण गरेर घरटहरालगायत भौतिक संरचना निर्माण गरिँदा सडक साँघुरो हुँदै गएपछि देवघाट क्षेत्र विकास समिति निर्मम भएर लागेको समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेले बताउनुभयो । 

“क्षेत्र विकास समितिको क्षेत्राधिकारभित्र पर्ने सार्वजनिक सम्पत्तिको संरक्षणमा हामी निर्मम भएर लाग्दैछौँ”, घिमिरेले भन्नुभयो, “हाम्रो क्षेत्राधिकार पर्ने स्थानमा जहाँ जोसुकैले अतिक्रमण गरेको भए पनि त्यस्तो स्थानमा हामीले डोजर चलाएरै भए पनि सम्पत्तिको संरक्षण गर्छौँ ।” सडक साँघुरो हुँदा दुर्घटना बढ्ने तथा देवघाट मेलाका क्रममा बढी भीडभाड हुनेसमेत घिमिरेको भनाइ छ ।

नजिकिँदै गरेको देवघाट मेलालाई मध्यनजर गर्दै अतिक्रमित संरचना हटाउन सुरु गरिएको देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले बताउनुभयो । देवघाटधाममा स्नानका लागि करिब पाँच लाख तीर्थालु आउने अपेक्षा गरिएको जनाउँदै ढकालले सबैको व्यवस्थापनका लागि पनि सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक रहेको बताउनुभयो । तीनवटै जिल्लातर्फ जुन स्थानमा सार्वजनिक सम्पत्तिको अतिक्रमण भएको भए पनि आफूहरुले ती स्थान खाली गराउने ढकालले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु