प्रचण्ड र माधव नेपालाई कमल थापाको आग्रहः सरकारमा पनि बस्ने, टायर पनि बाल्ने गाईजात्रा बन्द गरौं

साझासवाल
1 Min Read

फागुन ६, काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एस) अध्यक्ष माधव नेपाललाई  दोहोरो चरित्र बन्द गर्न भनेका छन् ।

ट्वीटरमा प्रचण्ड र माधव नेपाललाई मेन्सन गर्दै उनले लेखेका छन्, ‘सडकमा ढुंगामुढा र टायर बाल्ने अनि सत्ताको मोह पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्नुहोस् ।’

यस्तै उनले एमसीसीको विरुद्धमा हो भने खुलेर प्रतिवाद गर्न प्रचण्ड र माधव नेपाललाई आग्रह गरेका छन् ।

‘सरकारमा बस्ने अनि सरकारकै विरोधमा सडकमा प्रदर्शन गर्ने ‘गाईजात्रा’​ ले संविधान र व्यवस्थाकै खिल्ली उडाएको छ,’ उनले लेखेका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply