कांग्रेस मकवानपुरले उम्मेदवार टुंगाे लगायो

साझासवाल
1 Min Read

<p><b>वैशाख १२, हेटौंडा । </b>नेपाली कांग्रेस संसदीय समिति मकवानपुरले मकवानपुरको गाउँपालिकाको प्रमुख तथा उपप्रमुखको उम्मेदवारको टुंगाे लगाएको छ । गठबन्धनको निर्णय अनुसार कांग्रेसले मकवानपुरमा रहेका १० वटा पालिकामध्ये पाँच पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुख पाउने सहमति भएको थियो ।&nbsp;<br></p><p>कांग्रेसले बकैया गाउँपालिकको अध्यक्षमा धर्मराज लामिछाने, मकवानपुर गढी गाउँपालिकाको अध्यक्षमा दोर्जे लामा स्याङतान, कैलाश गाउँपालिकाको अध्यक्षमा लोकबहादुर मुक्तान, राक्सिराङ गाउँपालिकाको अध्यक्षमा राजकुमार मल्ल, मनहरी गाउँपालिका अध्यक्षमा रञ्जन कालाखेतीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।&nbsp;</p><p>त्यसैगरी बागमती गाउँपालिका उपाध्यक्षमा फणिन्द्र तिमल्सिना, भीमफेदी गाउँपालिका उपाध्यक्षमा मोमलाल दोङ र ईन्द्रशरोबर गाउँपालिका उपाध्यक्षमा निर्मला रुम्बालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाको उपमेयरको टुङ्गो भने केन्द्रीय बैठकले टुङ्गो लगाउने छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply