2026-09-12 05:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उम्मेदवार चयनमा रुपन्देहीः गठबन्धनमा चरम असन्तुष्टि, एमाले उम्मेदवार सर्वसम्मत

लक्ष्मण पौडेल । वैशाख १२, बुटवल । स्थानीय तह निर्वाचनको उम्मेदवारी चयनलाई लिएर रुपन्देहीमा सत्ता गठबनधन चरम असन्तुष्टि देखा परेकाे छ ।  एमालेले भने जिल्लाका १६ वटै पालिकामा सर्वसम्मत उम्मेदवार टुंग्याएको छ ।

उम्मेदवार चयमा असन्तुष्टि जनाउँदै बुटवल उपमहानगरपालिका वडा नम्बर ३ मा १०३ जना काँग्रेस कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । भागवण्डा अनुसार वडाध्यक्षमा माओवादी केन्द्रका विष्णु ढकाललाई उम्मेदवार बनाइएपछि कांग्रेस कार्यकर्ताले राजीनामा दिएका हुन् । बुटवल–३ मा कांग्रेस बलियो हुँदाहुँदै माओवादीलाई छाडेको भन्दै उनीहरु असन्तुष्ट भएका हुन् । राजीनामा दिएकाहरुले माओवादीलाई भोट नहाल्ने समेत बताएका छन् ।

तर एमालेले भने जिल्लाका सबै पालिकाहरुमा उम्मेदवार टुंगो लगाएको छ । जसअनुसार बुटवल उपमहानगरपालिकाको मेयरमा बाबुराम भट्टराई र उपमेयरमा सावित्रा अर्याल, तिलोत्तमा नगरपालिकाको मेयरमा मोहन चापागाईं र उपमेयरमा जगेश्वरदेवी चौधरी, सैनामैना नगरपालिकाको मेयरमा चित्रबहादुर कार्की र उपमेयरमा बिना राना, देवदह नगरपालिकाको प्रमुखमा ध्रुव खरेल र उपप्रमुखमा विद्यालक्ष्मी गुरुङ, सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा डा. रामप्रसाद बस्याल र उपप्रमुखमा उमा अधिकारीले टिकट पाएका छन् ।

त्यस्तै ओमसतिया गाउँपालिका अध्यक्षमा मन्जितकुमार यादव र उपाध्यक्षमा निर्मलाकुमारी निषाद, रोहिणी गाउँपालिका अध्यक्षमा सनोजकुमार यादव र उपाध्यक्षमा वसन्ती पाण्डे, मायादेवी गाउँपालिका अध्यक्षमा लाला लोंध र उपाध्यक्षमा सन्नु चाई, मर्चवारीमाई गाउँपालिका अध्यक्षमा कमलेश यादव र उपाध्यक्षमा बिन्द्रावती गौंड, सम्मरीमाई गाउँपालिका अध्यक्षमा मुस्लिम खान र उपाध्यक्षमा पिंकला लोंधले टिकट पाएका छन् ।

कोटहीमाई गाउँपालिका अध्यक्षमा श्यामसुन्दर यादव र उपाध्यक्षमा माया साहनी, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुखमा रमावती यादव र उपप्रमुखमा कल्पना हरिजन, गैंडहवा गाउँपालिका अध्यक्षमा सुरेन्द्र पौडेल र उपाध्यक्षमा माधुरी जयसवाल, कन्चन गाउँपालिका अध्यक्षमा दिनानाथ आचार्य र उपाध्यक्षमा ओमकला राहडी, शुद्धोधन गाउँपालिका अध्यक्षमा किशुनचन्द चौधरी र उपाध्यक्षमा शान्तादेवी ज्ञवाली, सियारी गाउँपालिका अध्यक्षमा अयोध्या थारु र उपाध्यक्षमा अमृता गुरुङ एमालेबाट उम्मेद्वार बनेका छन् । एमालेले जिल्लाका सबै वडामा आइतबारै उम्मेदवार टुंग्याएको छ भने गठबन्धनमा सोमबार सम्म टुंगिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस