राष्ट्रपति भण्डारीलाई यस वर्षको ट्रेलब्लाजर अवार्ड दिइने

साझासवाल
1 Min Read

कात्तिक २०, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड पाउने भएकी छन् । प्रतिष्ठित महिला राजनीतिक नेत्रीहरूका लागि दिइने यो अवार्ड विश्वका प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर गर्दै वर्तमान महिला राष्ट्रपति, पूर्वमहिला राष्ट्रपति तथा महिला प्रधानमन्त्रीहरूलाई हरेक वर्ष प्रदान गरिन्छ ।

दक्षिण एसियाली मुलुक नेपालमा राष्ट्रपतिजस्तो उच्च पदमा आसीन रहेर नेपाल र विश्वकै महिलाको गरिमा बढाएको ठहर गर्दै राष्ट्रपति भण्डारीलाई सो सम्मान दिन लागिएको हो । आइसल्यान्डको  रेक्जाभिकमा  आयोजना  हुन गइरहेको रेक्जाभिक ग्लोबल फोरम–वुमन लिडर्स विषयक सम्मेलनमा राष्ट्रपति भण्डारीलाई यो सम्मान प्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । अवार्ड ग्रहण गर्नका लागि राष्ट्रपति भण्डारी सोमबार आइसल्यान्ड प्रस्थान गर्नुहुने कार्यसूची रहेको मन्त्रालयले उल्लेख गरेको छ । आइसल्यान्ड सरकार र संसद्मा सामेल महिला राजनीतिक नेत्रीहरूले सन् २०१८ देखि यस मञ्चको सुरुवात गरेका हुन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Share This Article
Leave a Comment

Leave a Reply