छोरीको जन्मदिनको खर्च कटौतीबाट ३००० डलर बाढी पहिरो पीडितलाई

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

साउन ३२, काठमाडौँ | अबिरल बर्षाको कारण हालसम्ममा २६ जिल्ला बाढीमय भएको छ र गृह मन्त्रालयका अनुसार बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या सोमबारसम्ममा १२०, घाइते हुनेको संख्या ३९ र ३५ जना अहिलेसम्म बेपत्ता छन् भने ३४ हजार घर डुबानमा परी देश शोकमय अवस्थामा छ । बिस्वको कुनै पनि कुनामा बस्ने नेपाली अत्यन्तै चिन्तित र त्रसित छन बिनासकारी भूकम्पका पीडितहरुले राहत नपाउँदा नपाउँदै देशले सामना गर्न परेको पुन: कहालीलाग्दो यो बिकराल प्राकृतिक प्रकोपका कारण ।

प्रत्येक दिनको पीडादायक समाचारका कारण अस्ट्रेलियाको जिलोङ निवासी लुम्बिनी-कपिलवस्तु दिवस विस्व अभियानका विस्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठ एबं दिदी-बहिनी समाज भिक्टोरियाकी कोषाध्यक्ष प्रभा देवी श्रेष्ठले आफ्नी छोरी पूजा श्रेष्ठको अठारौं जन्मदिन र अस्ट्रेलियाकै ख्यातिप्राप्त मोनास युनिभर्सिटीबाट छोरा पुरक श्रेष्ठले जियो साइन्समा ग्र्याजुयट गरेको अबसरमा आयोजना गर्न लागेको पार्टी यो राष्ट्रिय शोकका कारण रद्ध गरी अस्ट्रेलियन डलर तीन हजार बाढी पीडितहरुको सहयोगार्थ उपलब्ध गराउने निर्णय गर्नु भएको छ ।

स्मरण रहोस, पूजा श्रेष्ठ र पुरक श्रेष्ठको नामबाट लुम्बिनी गेट अभियानको लागि पनि अस्ट्रेलियाबाट रकम प्रदान गरिएको थियो ।

उक्त रकम धुर्मुस-सुन्तली फाउण्डेशन मार्फत प्रयोग गरिनेछ । सो रकम अभियानद्धारा बाढी पीडितहरुको सहयोगार्थ संकलन गरिने रकममा थप गरी अभियान मार्फत धुर्मुस-सुन्तली फाउण्डेशनलाई काठमाण्डौंमा हस्तान्तरण गरिनेछ । यस्तो उदाहरणीय कामको लागि श्रेष्ठ दम्पति धन्यवादका पात्र हुनुहुन्छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply