२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु, त्रिशूलीमा एक युवा बेपत्ता

२०७४, ३२ श्रावण बुधबार ०६:४९

साउन ३२, नुवाकोट । नुवाकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने त्रिशूली नदीमा बगेर एक युवा बेपत्ता भएका छन् । 

शिवपुरी गाउँपालिका– ७ सुनखानी गुरुङगाउँका ५५ वर्षीया लालीमाया तामाङको घर नजिकैको जलेश्वर भीरबाट लडेर मृत्यु भएको छहरे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जयनारायण यादवले जानकारी दिनुभयो । 

हिजो साँझ घरायसी कामले त्यसतर्फ जानुभएकी उहाँ नफर्केपछि खोजी गर्ने क्रममा आज बिहान जलेश्वर प्रावि नजिकै भीरबाट लडेर बाटो भन्दा १५० मिटर तल मृत अवस्थामा भेट्टिएको थियो । 

यसैगरी सुर्खेत वीरेन्द्रनगर– ८ का रमेश मगरलाई त्रिशूली नदीले मंगलबार राति बगाउँदा बेपत्ता भएका छन् । नुवाकोट बेलकोटगढी नगरपालिका– ८ काशिटारमा त्रिशूली नदीबाट बालुवा झिक्ने क्रममा १८ वर्षका मगरलाई नदीले बगाएर बेपत्ता बनाएको हो । 

उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । नदीमा स्काभेक्टरको प्रयोग गरी अवैध रुपमा नदीजन्य सामग्रीे उत्खननका काम हुँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ