2026-09-08 05:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

पाठ्य पुस्तक ढुवानी नगर्दा मुगुका बिद्यार्थी मर्कामा

नन्द बहादुर रोकाया/बैशाख ७ मुगु | मुगु जिल्लको उत्तरी भेगमा पर्ने सोरु गाँउपालिकामा रहेका दुई बिद्यालयमा पाठ्य पुस्तक ढुवानी नगर्दा बिद्यार्थी मर्कामा परेका छन |

नेपाल सरकारले बिद्यालय सम्म पाठ्य पुस्तक ढुवानीका लागी रकम ब्यबस्था नगरेकाले पाठ्य पुस्तक बिक्रि केन्द्र देखि बिद्यालय सम्म ढुवानी गर्न बिद्यालय आफैले ढुवानी गर्नु पर्ने हुदा सोरु गाँउ पालिकाको दुई बिद्यालयले माबिका पाठ्य पुस्तक ढुवानी नगर्दा बिद्यार्थी मर्कामा परेका हुन ।

सोरु गाँउपालिका —९ मा रहेको जगतमाला माबिलेले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक ढुवानी गरेको भएपनि ६ देखि १० कक्षा सम्मको पाठ्यपुस्त ढुवानी नगर्दा बिद्यार्थी आफै पाठ्य पुस्तक लिनका लागी एक दिन हिडेर सदरमुकाम  आउन बाध्य भएका छन। भने सोही गाँउपालिका —१० मा रहेको श्री नेपाल राष्टिय  बाम्नि माबिले पनि अहिले सम्म पनि कुनै कक्षाका पाठ्य पुस्तक ढुवानी गरेको छैन ।

शिक्षकहरुले प्रथामिक तह सम्मको पाठ्य पुस्तक बिद्यालयमा पुर्याए तर माबि तहका पाठ्य पुस्तक नपुर्याउदा एक दिन हिडेर सदरमुकाम पुग्नु पर्ने बाध्यता रहेको जगतमाला माबि धैनमा कक्षा ९ मा अध्यरत छात्र गणेश जैसिले गुनासो पोखे । 

जिल्ला भर १ सय ४० बिद्यालय मध्ये यि दुई बिद्यालयले बिद्यार्थी लाई पाठ्य पुस्तक लिन सदरमुकाम पठाएका छन । पहिलो चरणमा ढुवानी भएका पाठ्य पुस्तक सकिएका र बाटोमा आउदै गरेका पुस्तक केही दिन पुग्न ढिलो हुने भएकाले टाढा बाट आएका बिद्यार्थी हरुलाई बिक्रि केन्द्रमा रहेका केही पाठ्य पुस्तक बिक्रि गरेर पठाउने गरेको पाठ्य पुस्तक बिक्रिको जिम्मा लिएको जय लक्ष्मि पुस्तक भण्डारका प्रोपाईटर लक्ष्मि प्रसाद भाम बताउछन । 

भामका अनुसार सबै बिद्यालयले आफै ढुवानी गरेर बिद्यार्थीको हातमा पाठ्य पुस्तक पर्याएको भएपनि सोरु गाँउ पालिकाको दुई र सदरमुकाममै रहेको श्री महाँकाली माबिका बिद्यार्थी आफै पाठ्य पुस्तक लिन आउने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ