2026-10-27 05:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

पाठ्य पुस्तक ढुवानी नगर्दा मुगुका बिद्यार्थी मर्कामा

नन्द बहादुर रोकाया/बैशाख ७ मुगु | मुगु जिल्लको उत्तरी भेगमा पर्ने सोरु गाँउपालिकामा रहेका दुई बिद्यालयमा पाठ्य पुस्तक ढुवानी नगर्दा बिद्यार्थी मर्कामा परेका छन |

नेपाल सरकारले बिद्यालय सम्म पाठ्य पुस्तक ढुवानीका लागी रकम ब्यबस्था नगरेकाले पाठ्य पुस्तक बिक्रि केन्द्र देखि बिद्यालय सम्म ढुवानी गर्न बिद्यालय आफैले ढुवानी गर्नु पर्ने हुदा सोरु गाँउ पालिकाको दुई बिद्यालयले माबिका पाठ्य पुस्तक ढुवानी नगर्दा बिद्यार्थी मर्कामा परेका हुन ।

सोरु गाँउपालिका —९ मा रहेको जगतमाला माबिलेले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक ढुवानी गरेको भएपनि ६ देखि १० कक्षा सम्मको पाठ्यपुस्त ढुवानी नगर्दा बिद्यार्थी आफै पाठ्य पुस्तक लिनका लागी एक दिन हिडेर सदरमुकाम  आउन बाध्य भएका छन। भने सोही गाँउपालिका —१० मा रहेको श्री नेपाल राष्टिय  बाम्नि माबिले पनि अहिले सम्म पनि कुनै कक्षाका पाठ्य पुस्तक ढुवानी गरेको छैन ।

शिक्षकहरुले प्रथामिक तह सम्मको पाठ्य पुस्तक बिद्यालयमा पुर्याए तर माबि तहका पाठ्य पुस्तक नपुर्याउदा एक दिन हिडेर सदरमुकाम पुग्नु पर्ने बाध्यता रहेको जगतमाला माबि धैनमा कक्षा ९ मा अध्यरत छात्र गणेश जैसिले गुनासो पोखे । 

जिल्ला भर १ सय ४० बिद्यालय मध्ये यि दुई बिद्यालयले बिद्यार्थी लाई पाठ्य पुस्तक लिन सदरमुकाम पठाएका छन । पहिलो चरणमा ढुवानी भएका पाठ्य पुस्तक सकिएका र बाटोमा आउदै गरेका पुस्तक केही दिन पुग्न ढिलो हुने भएकाले टाढा बाट आएका बिद्यार्थी हरुलाई बिक्रि केन्द्रमा रहेका केही पाठ्य पुस्तक बिक्रि गरेर पठाउने गरेको पाठ्य पुस्तक बिक्रिको जिम्मा लिएको जय लक्ष्मि पुस्तक भण्डारका प्रोपाईटर लक्ष्मि प्रसाद भाम बताउछन । 

भामका अनुसार सबै बिद्यालयले आफै ढुवानी गरेर बिद्यार्थीको हातमा पाठ्य पुस्तक पर्याएको भएपनि सोरु गाँउ पालिकाको दुई र सदरमुकाममै रहेको श्री महाँकाली माबिका बिद्यार्थी आफै पाठ्य पुस्तक लिन आउने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने