नेपालमा पहिलो पटक स्काइ वाक टावर निर्माण हुने

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

भदौ ९, काठमाडौँ | नेपालमा पहिलो पटक स्काइ वाक टावर(आकास मार्गमा हिँड्ने टावर) निर्माण गरिने भएको छ ।

वण्डर नेपाल प्राइभेट लिमिटेड नामक संस्थाले आज यहाँ गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

काठमाडौँको कमलादीमा झण्डै रु दुई करोडको लगानीमा आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको र त्यसका लागि १३.२ रोपनी जग्गा भाडामा लिइसकेको सो संस्थाले जनाएको छ ।

दुईवटा अग्ला पहाड वा भवनलाई सिसाको माध्यमबाट जोडने पुललाई स्काइ वाक टावर भनिन्छ । यो पुल सिसाबाट बनाइएको हुन्छ र यसमा मानिस हिँड्डा निक्कै आनन्दको अनुभूति हुन्छ ।

वण्डर नेपाल प्राइभेट लिमिटेडका अध्यक्ष आकर्षण पोखरेलले चीन, क्यानाडा, अमेरिका जस्ता मुलुकमा रहेको यस्तो स्काइ वाक टावर नेपालमा पहिलो पटक निर्माण गर्ने प्रयास गरेको बताउनुभयो ।यसबाट पर्यटकको आकर्षण बढ्ने उहाँको भनाइ छ ।

उहाँले बितेको तीन वर्षदेखि नेपालको विभिन्न १० ठाउँमा स्काइ वाकको निर्माण तथा सम्भाव्यताबारे अध्ययन तथा अनुसन्धान गर्दै आएको जानकारी दिनुभयो । रासस

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply