२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला हिंसा न्यूनीकरणमा समिति सक्रिय बन्ने

२०७५, ९ आश्विन मंगलवार ०८:५१

असोज ९, काठमाडौँ | प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले मुलुकमा बढ्दो महिला हिंसा, बलात्कारजन्य घटना तथा बालबालिका र ज्येष्ठ नागरिकको संरक्षणको कामलाई प्रभावकारी बनाउने भएको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार तथा समाजकल्याण परिषद्का कामलाई पारदर्शी र प्रभावकारी बनाउन सक्रिय भूमिका खेल्ने निष्कर्ष निकालेको छ । साथै समितिको कार्यक्षेत्रभित्र पर्ने मन्त्रालय र यसअन्तर्गतका महिलाआयोगसहित सात आयोगको अनुगमन, नियमन तथा प्रभावकारी सञ्चालनका लागि पनि समितिलाई सक्रिय बनाइनेछ । 

समितिका सभापति नीरुदेवी पालले पछिल्लो समय महिलामाथि हुने बलात्कार, हत्या, हिंसा र आतङ्कले देश आक्रान्त बनेको उल्लेख गर्दै यस्ता घटनाको न्यूनीकरण तथा दोषीमाथि कानूनी कारवाहीका लागि समितिले विशेष पहल गर्ने बताउनुभयो । 

उहाँले महिला हिंसा न्यूनीकरणका लागि सरोकार भएका सबै निकाय र संयन्त्रलाई प्रभावकारी परिचालन गर्न समितिले ध्यानाकर्षण गराउनाका साथै महिला मन्त्रालयसँग समन्वय गरी सचेतनात्मक अभियान देशभर लैजाने बताउनुभयो । 

समितिको बैठकमा अधिकांश सदस्यले मुलुकमा व्याप्त महिला हिंसा, बलात्कार, हत्या, अपहरण तथा बालबालिका र ज्येष्ठ नागरिकमाथि ज्यादतीका घटना बढिरहेको बताउँदै यस्ता गतिविधि न्यूनीकरणका लागि समितिले अभिभावकका रुपमा आफ्नो भूमिकालाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने औंँल्याउनुभयो । 

समितिअन्तर्गतका विभिन्न आयोगको कामलाई व्यवस्थित र प्रभावकारी बनाउन अनुगमन तथा गैरसरकारी संस्थाको कामलाई नियमन र एकद्वार प्रणालीबाट सञ्चालन गर्ने गरी अनुगमन र नियमनका काममा समितिले हस्तक्षेप गर्नुपनेमा पनि उहाँहरुको जोड थियो । आफ्नो धारणा राख्नेमा पार्वत गुरुङ, गणेश ठगुन्ना, लक्ष्मी परियार, हीरा गुरुङ, अमृता थापा मगर, खेमप्रसाद लोहनी, कृष्णबहादुर राई, विमला नेपाली, विमला विश्वकर्मा, नारायणप्रसाद खतिवडा, ध्रुवकुमार शाही, कुमारी मेचेलगायत हुनुहुन्थ्यो । 

उपसमिति गठन 

समितिको आजको बैठकले समितिको कार्यविधि र नियमावली बनाउनका लागि सात सदस्यीय उपसमिति गठन गरेको छ । समितिमा अमृता थापा मगर, लक्ष्मी परियार, गणेश ठगुन्ना, रानी मण्डल, विमला नेपाली, विमला विश्वकर्मा र दुर्गाबहादुर राउत हुनुहुन्छ । समितिलाई दुई दिनभित्र प्रतिवेदन तयार गरी पेश गर्ने जिम्मेवारी तोकिएको छ । समितिको अर्को बैठक बुधबार अपराह्न ३ बजे बस्ने जनाइएको छ । 

बैठकमा समितिको सचिवालयका तर्फबाट आव २०७५÷७६ मा अन्तर्गतका मन्त्रालय र आयोगको नीति÷कार्यक्रम र त्यसको कार्यान्वयनको अनुगमनसम्बन्धी कार्ययोजना प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रमलाई उपसमितिले आवश्यकताका सन्दर्भमा थपघट र परिमार्जन गरी पूर्णता दिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो