असोज १६, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा लाइभ देखाउँदै एक युवकले आत्महत्या गरेका छन् ।
चितवनको कालिका नगरपालिका–७ का २५ वर्षीय निश्चल तामाङले आफ्नै कोठामा झुण्डिएर आत्महत्या आत्महत्या गरेका हुन् ।

उनको पोष्टमार्टमपछि थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
तामाङले फेसबुकमा लाइभ जानु २ घण्टा अगावै केही गम्भीर कुरा हुन लागेको उल्लेख गर्दै स्टाटस लेखेका थिए ।
उनले मध्यराति १२ बजे आफू लाइभ आउने बताउँदै भिडियो रेकर्ड गर्न समेत भनेका थिए । तर, त्यसवेला उनको त्यो स्टाटसलाई गम्भीरताका साथ लिइएन । उनको त्यो पोष्टमा कुनै प्रतिक्रिया आएको थिएन ।
मध्यराति १२ बजेको जनाउ दिँदै उनले उनले अर्को स्टाटस पोष्ट गरेका थिए ।
त्यसपछि दुई वटा स्टाटस लेखेर उनी मदिरा पिउँदै आधा घण्टासम्म लाइभमा आएका थिए । लाइभमा उनले आफू जिन्दगीबाट आजित भएको बताएका थिए ।
उनले आमाको सलमा आफू झुण्डिन लागेको भन्दै सल समेत देखाएका थिए । आधा घण्टा लामो फेसबुक लाइभमा क्रममा थुप्रै भिजिटरहरु त्यहाँ जोटिएका थिए ।