2026-06-26 03:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी कार्यक्रममै प्रतिनिधीमण्डलका सदस्यको पर्स चोरिरहेको भिडियो सार्वजनिक भएपछि… (भिडियो)

2018-10-02

एजेन्सी | आधिकारिक सरकारी कार्यक्रमका दौरान कुवेती प्रतिनिधीमण्डलका एक सदस्यको पर्स चारिरहेको भिडियो सार्वजनिक भएपछि एक शीर्ष पाकिस्तानी सरकारी अधिकारीमाथि यतिबेला अनुसन्धान भइरहेको छ ।

यद्यपि, चोरीका आरोपी जरार हैदर खान भनेर मुलधारको पत्रिका र सामाजिक सञ्जालमा भाइरल गरिएको तस्विर भने अर्कै व्यक्तिको भएको खुलासा भएको छ । उक्त तस्विर अमेरिका निवासी निर्दोष व्यक्तिको भएको बताइएको छ ।

सूचनामन्त्री फवाद चौधरीले हैदर पाकिस्तानको उद्योग तथा उत्पादन मन्त्रालयका एक सह–सचिव भएको जानकारी दिँदै कुवेती कुटनीतिज्ञको पर्स चोरी मामिलामा अनुसन्धान भइरहेको बताए ।

हैदर पाकिस्तानको निजामती सेवा उच्च ओहदामा गनिने बीएस–२० अधिकारी हुन् ।  उनलाई हाललाई निलम्बित गरिएको छ । 

आर्थिक मामिला डिभिजनको टेबलबाट आरोपीले बेवारिसे पर्स उठाइरहेको ६ सेकेण्ड लामो सिसिटिभी फुटेज सार्वजनिक भएको थियो ।

यो मामिलाबारे त्यतिबेला बाहिर आयो जब भविष्यमा व्यापारबारे नयाँ सरकारसँग छलफल गर्न पाकिस्तान आएको कुवेती प्रतिनिधिमण्डलले आफ्नो एक कुटनीतिज्ञको पर्स हराएको उजुरी गर्यो ।

द डन पत्रिकाका अनुसार उक्त पर्समा उल्लेख्य मात्रामा कुवेती दिनार रहेको थियो । अधिकारीहरुले सिसिटिभी फुटेज अध्ययन गरेपछि आरोपीको नाम सार्वजनिक गरेका थिए ।

यता, पाकिस्तानी प्रेसका अनुसार कुवेती प्रतिनिधिमण्डल यस घटनाबाट निकै क्रुद्ध बनेका थिए । उनीहरुले दोषी पत्ता लगाउन माग गरेका थिए ।


गलत तस्विर

घटना सार्वजनिक भएपछि सिसिटिभी फुटेज मिडियामा भाइरल बन्यो । पाकिस्तानका ट्वीटर प्रयोगकर्ताले यस घटनाबाट आफूहरु लज्जित भएको बताए ।

यो विषय भारतीय समाजिक सञ्जाल प्रयोगकर्ताका लागि झन् ठूलो मसला बन्यो । ‘सानो देशका साना कर्मचारीले ठूला मानिसको पर्स देखेपछि यस्तै गर्छन्,’ धेरैले गिज्याए ।

यद्यपि, सामाजिक सञ्जाल र टेलिभिजनमा चोरी गर्ने व्यक्ति भनेर प्रकाशित गरिएको तस्विर जरार हैदर खान नभएर जाइद हैदरको भएको खुलासा भएको छ । उनी हाल वासिङटन डिसीमा स्टेट डिपार्टमेन्टमा रिस्क एनालिस्टका रुपमा कामगरिहेका छन् ।

धेरै मिडियाले उनको तस्विर गलत परेको भनेर सच्याएका छन् भने यो समाचार तयार गर्दासम्म केही मिडियाहरुले प्रकाशित गरेको भिडियोमा निर्दोष जाइदको तस्विर अझै पनि देखाइरहेको छ ।

यो घटनाले पाकिस्तान सरकारलाई लज्जित बनाएको छ । कुवेतको रिस शान्त गर्न सरकारले तत्कालै अनुसन्धान शुरु गर्यो ।

यद्यपि, द टाइम्सका अनुसार यसले कुवेत र पाकिस्तानबीच हुने भनिएको आर्थिक साझेदारीमा ठूलो धक्का लागेको छ । बिबिसी 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ