२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको बजेट: नेपालबाट जाने वस्तुमा ५० प्रतिशतसम्म भन्सार

२०७४, १९ माघ शुक्रबार ०३:०५

माघ १९, काठमाडौँ । भारतले नेपालका भारततर्फ निर्यात हुँदै आएका वस्तुमा उच्च दरले भन्सार बढाएको खबर आजको नयाँ पत्रिकामा छ । 

यसले नेपाली वस्तुको निर्यात प्रभावित हुने भएको छ । भारतले जुस, जुत्ता, घिउ–तेललगायत आयातमा भन्सार बढाएको छ । यी वस्तुहरू नेपालबाट भारतमा निर्यात हुँदै आएका छन् । 


जुसमा भारतले यसअघि ३० प्रतिशत भन्सार लिँदै आएकोमा अब सुन्तलाको जुसमा ३५ प्रतिशत र अन्य जुसमा ५० प्रतिशत भन्सार लिने भएको छ । गत आर्थिक वर्षमा ५ अर्ब ९ करोड रुपैयाँको जुस निर्यात भएको थियो । नेपालबाट भारततर्फ डाबर जुस सबैभन्दा धेरै निर्यात हुन्छ ।

चालू आर्थिक वर्षको ६ महिनामा करिब ७८ करोड रुपैयाँको जुत्ता भारतमा निर्यात भएको छ । गत आवमा १ अर्बभन्दा बढीको जुत्ता नेपालबाट निकासी भएको थियो । 

नेपालबाट गोल्डस्टारलगायतका जुत्ता भारततर्फ ठूलो मात्रामा निर्यात हुन्छन् । त्यस्तै, यस अवधिमा ७ करोड ३६ लाख रुपैयाँको खाने तेल भारतमा निर्यात भएको छ । त्यस्तै, केही मात्रामा जुस र जुसको पल्प पनि निर्यात भएको छ । छुत्ता निर्यातमा यसअघि १० प्रतिशत मात्रै भन्सार लाग्दै आएकोमा अब त्यो २० प्रतिशत पुगेको छ ।

भन्सार दर बढ्दा नेपाली निर्यात प्रभावित हुने भए पनि भारतीय पक्षबाट आधिकारिक धारणा आएपछि यसमा छलफल गरिने नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताइन् । ‘यही फ्रेबुअरीमै महासंघ र भारतीय उद्योग परिसंघ (सीआईआई)बीच संयुक्त आर्थिक परिषद्को बैठक हुँदैछ, त्यस्तै दुई देशका बाणिज्य मन्त्रालयस्तरीय बैठक समेत हुँदै छ,’ उनले भनिन्, ‘हामीलाई पर्ने प्रभावबारे ती बैठकमा छलफल गर्ने छौं ।’ नेपालको व्यापार घाटा उच्च रुपमा बढिरहेको सन्दर्भमा निर्यात भइरहेका नेपाली वस्तुलाई थप कर लगाउँदा मुलुकलाई ठूलो असर पर्ने उनको धारणा छ ।

भारतले नेपाललाई अनुदान बढायो

भारत सरकारले नेपाललाई दिने बजेटरी अनुदान बढाएको छ । भारतीय अर्थमन्त्री अरुण जेट्लीद्वारा बिहीबार संसद्मा प्रस्तुत गरेको बजेटमा नेपाललाई ६ अर्ब ५० करोड भारु (१० अर्ब ४० करोड रुपैयाँ) अनुदान दिने प्रस्ताव गरिएको छ । यो अघिल्लो वर्षको तुलनामा ७५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष भारत सरकारले कुल ३ अर्ब ७५ करोड भारु अनुदानस्वरूप दिएको थियो ।

महिला छात्रावासदेखि पुलिस एकेडेमीसम्म सहयोग

भारतले आगामी वर्ष नेपालमा स्कुलको महिला छात्रावास बनाउनदेखि प्रहरीको एकेडेमी बनाउनसम्म सहयोगको घोषणा गरेको छ । कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलको महिला छात्रावास निर्माणका लागि २ करोड भारु सहयोग गर्ने भएको हो । यो वर्ष सो छात्रावास भवन र कम्पाउन्ड वाल बनाउन भारतले ३ करोड ६ लाख भारु बजेट विनियोजन गरेको थियो ।

त्यस्तै नेपाल नेत्रज्योति संघको आँखा उपचार कार्यक्रमका लागि २ करोड भारु सहयोगको घोषणासमेत भारतले गरेको छ । यो वर्ष कार्यक्रमका लागि भारतले २ करोड ७६ लाख भारु सहयोग गरेको थियो । 

त्यस्तै नेपालको तराईका जिल्लामा पाठेघर खस्ने समस्या समाधानका लागि सामुदायिक अस्पताल बनाउन भारतले ३ करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ । यो वर्ष कार्यक्रमका लागि ३ करोड ११ लाख रुपैयाँ सहयोग गरेको थियो ।

त्यस्तै, नेपाल प्रहरी एकेडेमीका लागि भारतले ११ करोड ७८ लाख रुपैयाँ सहयोग गर्ने घोषणा भारतले गरेको छ । यो वर्ष एकेडेमीलाई भारतले ११ करोड ३३ लाख भारु सहयोगको घोषणा भए पनि ३३ लाख मात्रै खर्च हुन सकेको भारतले जनाएको छ । त्यस्तै, नेपालका विभिन्न स्थानमा विद्यालय भवन तथा स्वास्थ्यचौकी भवन बनाउन पनि भारतले सहयोग घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू