२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल–श्रीलङ्का व्यापार प्रवद्र्धनको प्रयास

१४ पुष २०७५, शनिबार ०९:०३

पुस १४, काठमाडौँ | छ दशक पुरानो नेपाल र श्रीलङ्काबीचको औपचारिक कूटनीतिक सम्बन्धलाई व्यापार–वाणिज्य र लगानीका क्षेत्रमा पनि थप घनीभूत बनाउने प्रयास भएको छ । 

नेपाल र श्रीलङ्काबीच लगानी तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले बाह्रवर्षअघि स्थापना भएको नेपाल– श्रीलङ्का उद्योग वाणिज्य सङ्घले कोलम्बो–काठमाडौँबीच सिधा हवाई सम्पर्क कायम हुनुपर्नेमा जोड दिएको छ । 

नेपालका पर्यटन तथा उद्यमी–व्यवसायी र दुवै देशका कूटनीतिक अधिकारीको उपस्थितिमा शुक्रबार अबेर राजधानीमा समापन भएको ‘नेपाल –श्रीलङ्का आर्थिक सम्बन्ध प्रवद्र्धन’ विषयक छलफलमा दुई राष्ट्रबीच सिधा ‘कनेक्टिभिटी’ नहुँदा द्विपक्षीय व्यापार बढाउन नसकिएको निष्कर्षमा सबैको मतैक्य रह्यो । 

नेपालका लागि श्रीलङ्काका राजदूत स्वर्ण पेरेराले आपसी व्यापार बढाउन आफू प्रतिबद्ध रहेको दोहो¥याउँदै ५० वटा श्रीलङ्काली कम्पनीले दक्षिण एशियाली देशमा लगानी गरिरहेकाले उनीहरूलाई नेपालमा पनि पूँजी लगाउन प्रोत्साहन गर्ने बताउनुभयो । 

शताब्दीऔँ पुरानो श्रीलङ्का र नेपालबीचको सांस्कृतिक एवं धार्मिक सम्बन्धको चर्चा गर्दै उहाँले भूकम्पले भत्किएका आनन्दकुटी विहार र रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माणको आर्थिक अभिभारा श्रीलङ्का सरकारले लिएको उल्लेख गर्नुभयो । 

सङ्घका अध्यक्ष रमेश महर्जनले सन् २०१८ मा झण्डै ५० हजार श्रीलङ्काली धार्मिक पर्यटक नेपाल आएका र पाँच हजारको हाराहारीमा नेपालीले श्रीलङ्का भ्रमण गरेको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? रवि फेरी हिरासतमा: अदालतअघि प्रधानमन्त्रीविरुद्ध उत्तेजक नाराबाजी मन्त्रिपरिषद्ले के-के गर्‍यो निर्णय ? सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को हो? शेयर बजार लगातार ओरालो, कारोबार कति ? मिर्गौला फेल हुनुभन्दा पहिले पिसाबले दिन्छ यस्ता संकेत स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: सरकारी वकिलको बहस सकियो आमनागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार होः उपप्रमुख डंगोल ‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’: प्रधानमन्त्री ओली लस एन्जलस क्षेत्रमा आगलागी: उक्त क्षेत्रका नेपालीहरूको के छ अवस्था? झारखण्डमा प्रिन्सिपलले छात्रालाई सर्ट खोल्न बाध्य पारेको घटना सार्वजनिक रविविरुद्ध सरकारी वकिलको बहस- ‘उहाँ जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन’ विपिन जोशीको तस्बिर-अंकित प्लेकार्ड बोकेर तेल अभिभमा इजरायलीद्वारा प्रदर्शन स्विस बैंकमा मेरो पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु: प्रधानमन्त्री ओली अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो माघका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री देउवा