Skip to content
Friday, July 17, 2026 Nepali Online Media

डोल्पाको ठुलीभेरि नगरपालिकाद्धारा आकस्मीक पत्रकार सम्मेलन

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

टेकबहादुर शाही | फागुन २२, डोल्पा | डोल्पाको ठुलीभेरि नगरपालिकाद्धारा दुनैमा आकश्मीक पत्रकार सम्मेलन गरेको छ । मंगलबार साझ ८ पैतालिस बजे नगरसभाको बैठक पछि पत्रकार सम्मेलन गरेको हो । ठुभलीभेरी नगरपालिकाको बहुमतको सदस्यहरुको बैठकले केन्द्र सारेको बिषयमा जालसाजी भनेर ३ वटा निर्णय गर्दै पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरिएको छ ।

नगरसभाको बैठकले गरेको निर्णयमा भनिएको छ । असार ३१ गते नगरसभाको पहिलो बैठकमा गरिएको निर्णयमा नगरपालिकाको बिकासको लागि निर्णयहरु भएको र त्यसैमा बिना छलफल केन्द्र सार्ने निर्णय राखेर जनप्रतिनिधिलाइ झुक्कयाएको उल्लेख छ । नगरप्रमुखले सम्मानजनक अधिकार द्रुपयोग गरेर गलत प्रयोजनमा प्रयोग गरेकोले जालसाजीमा जनप्रतिनिधिहरुलाइ झुक्कयाइ जनमतको अपहेलना गरिएको उल्लेख छ ।

त्यसैगरि नगरप्रमुख गणेशबहादुर शाहीले जेष्ठ ३१ मा गरेको निर्णय जालसजाी र किर्ते भएकोले जुफालमा केन्द्र तोकिए पनि मान्य नरहेकोले मँगलबार कुल ५२ सदस्यको २७ जना सदस्यको बहुमतले नगरपालिकाको केन्द्र दुनैमा नै रहेको जानकारि गराउदै आजैका मितिबाट ठुलीभेरी नगरपालिकाको काम जनताले दुनैबाट नै पाउने निर्णय नगरसभालेको गरेको कार्यकारी नगरप्रमुख योेगेन्द्रबहादुर शाहीले पत्रकार सम्मेलनमा जानकारि गराए ।

नगरपालिकाको कार्यालय दुइठाउमा सञ्चालन हुदा कस्लाइ आधार मानेर जनताले सेवा लिने भन्ने पत्रकारहरुको प्रश्नमा कार्यकारी नगरप्रमुख शाहीले सरकारले राजपत्रमा प्रकाशित गरेको भए पनि नगरप्रमुख गणेशबहादुर शाही र कार्यकारी गोबिन्द सुनारले बहुमत सदस्यहरुलाइ जालझेल गरि किर्ते गरेको निर्णयले गरेको निर्णको केन्द्रबाट नभइ पुरानै दुनैबाट सेवा जनाले लिने बताए । उनले भने ढुक्क भएर दुनैबाट सेवा लिन पर्ने र कर्मचारिहरुले पनि द्ुनैकै कार्यालयमा हाजिर हुनु पर्ने छ ।

फागुन १४ गते राजपत्रमा जुफालमा केन्द्र रहेको सरकारले निर्णय गरेको भए पनि यो कुरा झुटो र जालसाजीका साथै किर्ते गरेर मन्त्रालयमा पेश गरेको प्रमाणित भै सकेकोले तत्काल केहि जनप्रतिनिधि सहितको एक टोलीले सम्मानीत सर्बोच्च अदालतमा मुद्धा दर्ता गर्ने नगरसभाले जानकारि दिएको छ । सबै सदस्य जादा जनातको काममा समस्या आउने भएको कारण केहि सदस्यहरुको टोली कानुनी सहायता लिन केन्द्रमा जाने कार्यकारी नगरप्रमुख योगेन्द्रबहादुर शाहीले पात्रकार सम्मेलनमा जानकारि दिए ।

एक साता देखि बन्द रहेको दुनै बजार बुधबार बिहान देखि खुल्ने भएको छ भने मंगलबार दिनभर बहुमत जुटाउन बिभिन्न छलफलमा जुटेका जनप्रतिनिधिहरुले साझ ७ बजे पछि मात्र बहुमतको निष्कर्ष निकालेको वडा अध्यक्षहरुले जानकारि दिए । उनका अनुसार पहिले बहुमतको निर्णय भएको हो भनेर आफुलाइ झुक्कयाएको भए पनि यस पटक दुनै केन्द्रका लागि बहुमतले बैठक बसि हस्ताक्षर गरेको बताए ।