Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ चैत २१ गते, राति ३:०३ बजे
बैतडी - BTD

कमेरो खन्नेक्रममा तीन जना घाईते 

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

लक्ष्मी बिजले/ चैत्र २१, बैतडी ।
घरपोत्न कमेरो माटो खन्ने क्रममा बैतडीको विशालपूर गाविसमा तीन जना घाईते भएका छन् ।

छिमेकी जिल्ला डडेल्धुराको देवलदिव्यपूर गाविसवाट कमेरो खन्न विशालपूर तिन मा रहेको कमेरो खानीमा आएका उनीहरु माटोको ढिस्कोले लागेर घाईते भएका हुन् ।

घाईते हुनेमा देवलदिव्यपूर गाविसका २५ वर्षिय तारादेवी डांगा, २० वर्षिय नन्दादेवी डांगा र ११ विर्षय वालिका सिमा डांगा रहेका छन ।  घाईते मध्ये तारादेवी र नन्दादेवीको अवस्ता गम्भिर रहेको प्रहरीले वताएको छ ।

घाईते तिनै जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरमा उपचार भैरहेको जिलला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी मोहन पोखरेलले जानकारीदिनुभयो ।