2026-09-19 01:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकटकजस्तै युट्युवको ‘शर्ट्स’ मार्फत पनि आम्दानी गर्न सकिने व्यवस्था ल्याइदै

फागुन ६, काठमाडौँ । युट्युवबाट आम्दानी गर्ने नयाँ तरिका थपिने भएको छ । टिकटकजस्तै युट्युवको छोटो भिडियोहरू पोस्ट गर्ने प्लेटफर्म ‘शर्ट्स‘ मार्फत पनि आम्दानी गर्न सकिने व्यवस्था ल्याउन लागिएको हो ।

यसअन्तर्गत प्रयोगकर्ताले ‘ब्राण्ड कनेन्ट’ (BrandConnect) मार्फत ब्राण्डेड कन्टेन्ट बनाउने अवसर पाउनेछन् । साथै शर्ट्सबाटै किनमेल गर्न ‘सुपर च्याट’ एकीकृत गर्ने कम्पनीले जनाएको छ ।

युट्युवबाट आम्दानी गर्ने नयाँ तरिका थपिने भएको छ । युट्युवले आफ्ना क्रियटरका लागि आम्दानीको स्रोतको दायरा बढाउने तयारी गरेको हो ।

युट्युवले हालै एउटा ब्लग पोस्ट सार्वजनिक गर्दै क्रियटरका लागि थप पैसा कमाउन र आफ्नो पहुँच विस्तार गर्न सजिलो बनाउन सहयोग पुग्नेगरी नयाँ फिचर ल्याउन लागेको जानकारी दिएको छ ।

किनमेलसँग सम्बन्धित भिडिओहरू राख्ने तथा लाइभ किनमेल गर्नेबाहेक यसका लागि अन्य फिचर पनि थप हुने कम्पनीले जनाएको छ ।

योसँगै युट्युवले धेरै नयाँ फिचर थप गर्ने भएको छ । क्रियटरहरूलाई लक्षित गरेर टिकटकमा जस्तै शर्ट्समा पनि नयाँ भिडिओ इफेक्टस, एडिटिङ टुल्स साथै कमेन्टहरूको हकमा पनि नयाँ सुविधा थपिने भएको छ । फलस्वरूप क्रियटरहरू निकट भविष्यमा राम्रा शर्ट भिडिओ बनाउन सक्षम हुनेछन् ।

साथै टिकटकमा जस्तै निश्चित कमेन्टलाई रेस्पोन्स गरी भिडिओ (शर्ट्स) बनाउने सुविधा पनि थप हुने भएको छ ।

साथै यही वर्षदेखि युट्युवले ‘लाइभ टुगेदर’ फिचर पनि ल्याउँदैछ, जसमा दुई जना प्रयोगकर्ता एकैपटक लाइभमा बस्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई