Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सप्तकोशीमा खतराको सङ्केत, कोशी ब्यारेजका २३ वटा ढोका खुला

२०७६, २७ असार शुक्रबार १५:४७

असार २७, सप्तरी । दुई दिनयता निरन्तरको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केतस्वरुप कोशी ब्यारेजमा रातो झण्डा झुण्ड्याउनुका साथै रातो बत्ती बालिएको छ । 

आज अपराह्नसम्म सप्तकोशी नदीमा पानीको बहाव एक लाख ७२ हजार ६२५ क्युसेक प्रतिसेकेण्ड रेकर्ड गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार नाघेपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो झण्डा र रातो बत्ती बाल्ने गरिन्छ । 

पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालयले र स्थानीय तहले नदी किनार आसपासका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ । वर्षा शुरु भएकाले राहत र उद्धारका लागि जिल्ला विपद् व्यवस्थापन समिति तयार रहेको जानकारी दिनुहुँदै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सम्भावित बाढीबाट जोगिन सर्तकताका लागि आग्रह गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश