दार्चुला : एक्काइस परिवार पहिराको जोखिममा

साझासवाल

असार २७, दार्चुला । महाकाली नगरपालिका–९ रतौडाका २१ परिवार पहिराको जोखिममा छन् । सडक खनेको ठाउँमा पहिरो जान थालेपछि उनीहरु त्रासमा छन् ।

दत्तु, थाप्ला हुँदै मालिकार्जुन जोड्ने सडकका कारण रतौडा–ठेगा क्षेत्रको बस्ती जोखिममा छ । यहाँ बिहीबारदेखि पहिरो खस्न थालेको छ । पहिराले खेतको बाली सबै सखाप भएको स्थानीयवासी सुरेन्द्र नगारीले बताउनुभयो ।

स्थानीयवासीले पहिरो रोकथामका लागि काम गर्दै आएका छन् । वडाध्यक्ष हरसिंह डाँगाका अनुसार उनीहरुले घरको सामान सुरक्षित स्थानमा ओसार्न थालेका छन् ।

“रातभर सुतेका छैनौँ”, उहाँले भन्नुभयो । नगरपालिकाले २१ परिवारका लागि त्रिपाल उपलब्ध गराएको छ । सो ठाउँमा तारजाली हाल्ने काम भइरहेको छ ।

उक्त सडक निर्माणका लागि रु ४० लाख बजेट उपलब्ध गराएको महाकाली नगरपालिकाका नगर प्रमुख हंशराज भट्टले जानकारी दिनुभयो ।

यस्तै वडा नं ९ दत्तुले रु ४० लाख तथा सांसद विकास कोषबाट रु २५ लाख विनियोजन गरिएको थियो ।

Leave a Comment

Leave a Reply