बंगलादेशले उपलब्ध गराएको औषधि स्वदेश ल्याइयो

साझासवाल
1 Min Read

<p>भदौ २७, काठमाडौँ (रासस) । बंगलादेशले कोभिड–१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोग स्वरुप नेपाललाई&nbsp; उपलब्ध गराएको छ ।&nbsp;</p><p>नेपाली सेनाको स्काई ट्रक मार्फत आज साँझ पाँच हजार थान ती औषधि स्वदेश ल्याइएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।&nbsp; </p><p>सहायकरथी आशिष नरसिह राणाको नेतृत्वमा गएको पाँच सदस्यीय टोलीले&nbsp; ल्याएको उक्त औषधि आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।&nbsp;<br></p>

Share This Article
Leave a Comment

Leave a Reply