पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ : मन्त्री भट्टराई

साझासवाल
2 Min Read

भदौ २७, तुलसीपुर (रासस) : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने बताउनुभएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त विमानस्थल निर्माणको आज स्थलगत निरीक्षण गर्दै उहाँले कोरोना सङ्क्रमणका बाबजुद  विमानस्थलको निर्माण  निरन्तर भइरहेको बताउनुभयो ।

विमानस्थललाई निर्धारित समयमा नै सम्पन्न गरी यसको सञ्चालन गराउने कुरामा सरकार लागिरहेको उल्लेख गर्दै उहाँले  कोरोना सङ्क्रमणका कारण साधन श्रोत एवम् जनशक्ति अभाव हुन नदिन सरकारका तर्पmबाट आवश्यक सहजीकरण गर्नेमा विश्वस्त तुल्याउनुभयो ।

उहाँले निर्धारित लक्ष्यअनुसार नै सन् २०२१ भित्रमा विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आई अन्तर्राष्ट्रिय उडान शुरु हुने विश्वास व्यक्त गर्नुभयो । कोरोनाका कारण झण्डै छ महिनायता रोकिएका आन्तरिक एवम् अन्तर्राष्ट्रिय उडान सञ्चालको तयारी भइरहेको उहाँको भनाइ थियो ।

सो अवसरमा सांसद विद्या भट्टराईले पोखरालगायत मुलुककै समृद्धिमा महत्वपूर्ण बन्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणाधीन काम समयमा सम्पन्न गर्न आप्mना तर्पmबाट सक्रिय सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेश मुनकर्मीले विमानस्थलको निर्माण  हालसम्म ६४ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो । भौतिक पूर्वाधार निर्माणको काम अधिकाँश सम्पन्न भइकेको उल्लेख गर्दै उहाँले उपकरण जडानलगायत काम बाँकी रहेको बताउनुभयो ।

विमानस्थलभित्र टर्मिनल भवन, ह्याङगर, धावनमार्ग, पार्किङ, पौंचमार्गसहित १४  भवन निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार विमानस्थलको निर्माणमा हाल १८० चिनियाँ र ९० नेपाली कामदार निरन्तर संलग्न छन् । आवश्यक उपकरण जडानका लागि  उपकरणसहित थप २०० दक्ष जनशक्ति चीनबाट आउने तयारीमा रहेको मुनाकर्मीको भनाइ छ ।

कोरोना सङ्क्रमणका कारण निर्माणकाे गतिमा केही प्रभाव परेका कारण तोकिएको मितिभन्दा छ महिनाअगावै सक्ने लक्ष्य प्रभावित भए पनि निर्धारित समयमा नै निर्माण सम्पन्न हुने उहाँको भनाइ छ ।

Leave a Comment

Leave a Reply