२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व बैंकले नेपाललाई झण्डै ७ अर्ब रुपैयाँ सहयोग दिने

२०७८, २९ जेष्ठ शनिबार ०९:२४

 जेठ २९, काठमाण्डाै  । विश्व बैंकले नेपाललाई ७ अर्ब रुपैयाँ सहयोग दिने भएको छ । विश्व बैंकको बोर्ड अफ डाइरेक्टरको शुक्रबार बसेको बैठकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारको लागि ६० मिलियन डलर अर्थात झण्डै सात अर्ब रुपैयाँ सहयोग गर्ने निर्णय पारित गरेको हो ।

विश्व बैंकले दिने सहयोग पिछडिएको क्षेत्रमा रहेका विद्यार्थीको उच्च शिक्षा र व्यावहारिक शिक्षामा खर्च हुनेछ । यस्तै प्राविधिक शिक्षा, अनुसन्धान र उद्यमशीलतालाई पनि जोड दिइने विश्व बैंकले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै आर्थिक अभावले उच्च शिक्षा लिन नसक्ने र विपत्तिका कारण पढाइ प्रभावित भएका विद्यार्थीमा पनि रकम लगानी गर्न सकिने उल्लेख छ ।

विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका देशीय निर्देशक फरिस हदाद जार्भोसले विश्व बैंकको यो सहयोग उच्च शिक्षाबाट दक्ष जनशक्ति उत्पादनमा र कोरोना महामारीका कारण प्रभावित भएको शिक्षालाई निरन्तरता दिन उपयोग हुने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी