<p><b>भदौ १२, काठमाडौं | </b>काठमाडौं महागरपालिकाले भोटाहिटी-रत्नपार्कको अण्डरपासमाथि रहेका अवैध संरचना भत्काउन थालेको छ । महानगरको अवैध संरचना भत्काउने अभियानअन्तर्गत नगर प्रहरीको टोलीले आइतबार भोटाहिटीका अवैध संरचना भत्काउन सुरु गरेको हो ।</p><p><img src="https://i0.wp.com/www.lokpath.com/wp-content/uploads/2022/08/kathmandu-1.jpg?fit=2047%2C1161&ssl=1"><br></p><p>पैदलयात्रु हिंड्ने सब–वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काउन लागेको छ ।पैदलयात्रु हिँड्ने बाटोमा रहेका सबै अवैध संरचना हटाइने महानगरपालिकाले जनाएको छ । यसअघि नयाँ बानेश्वर र शंखमुल क्षेत्र, सुन्न्धरास्थित काठमाडौं मल, न्यूरोडको आरबी कम्प्लेक्सलगायत स्थानमा डोजरको नै प्रयोग गरी अनधिकृत संरचना हटाइएको छ ।</p>
