2026-10-11 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

भदौ २२, काठमाडौँ | कमेडियन अपूर्व क्षितिज सिंहलाई थप ५ दिन हिरासतमा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले जानकारी दिए । अनुसन्धान नसकिएको भन्दै प्रहरीले अपूर्वलाई थप १० दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयसँग अनुमति मागेकोमा प्रशासनले ५ दिन अनुमति दिएको हो ।

कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकमा नेवा समुदायमाथि लक्षित गर्दै व्यंग्य सामग्री प्रसारण गरेको आरोपमा उनी गत १२ गते पक्राउ परेका थिए । उनको सामग्रीमा सामाजिक अभियन्ताहरुले आपत्ति जनाएका थिए । प्रहरीले उनलाई सुरुमा १० दिन हिरासतमा राख्ने अनुमति लिएको थियो ।

अपूर्व भने अहिले वीर अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार साँझ वीर अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले उनी उनीविरुद्ध ४ वटा मुद्दा अगाडि बढाएको छ । सुरुमा उनलाई नेवा समुदायको भाषा, खाना, संस्कृतिमाथि व्यंग्य गरेको आरोप लागेको थियो ।

यो विषयमा उनले आफ्नो फेसबुकमार्फत माफी समेत मागिसकेका छन् । केही दिन अगाडि दुवै पक्ष परिसर पुगेर अपूर्वले गरेको गल्तीलाई क्षमा गरेको र अब हिरासतबाट छाडिदिन आग्रह गरेका थिए । त्यसअनुसार उनी सोमबार नै छुट्ने अनुमान थियो । प्रहरीले मंगलबार उनका केही साथीलाई बोलाएर सोधपुछ समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध