२०८३ असार २, मंगलबार | ०३:४५ बिहान

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपको सेमिफाइनलअघि मोरक्कोलाई साउदी युवराजको सन्देश

मङ्सिर २८, काठमाडौँ | साउदी अरबका युवराज मोहम्मद बिन सलमानले मोरक्कन फुटबल टोलीलाई सेमिफाइनलमा पुगेकोमा बधाई दिएका छन् ।

साउदी प्रेस एजेन्सीका अनुसार मंगलबार साउदी युवराजले मोरक्कोका राजालाई टेलिफोन गरी क्वार्टरफाइनल जितेकोमा टोलीलाई बधाई दिएका थिए ।

बुधबार दिउँसो १२ः३० बजे कतारको अल बेट स्टेडियममा मोरक्को र फ्रान्सबीच सेमिफाइनल खेल हुनेछ ।


शनिबार राति भएको क्वार्टरफाइनल खेलमा मोरक्कोले पोर्चुगिज टोलीलाई १–० गोल अन्तरले पराजित गरेको हो । योसँगै मोरक्को फिफा विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।

युवराजले टोलीलाई बधाई दिँदै भने, ‘तपाईंहरुले जे हासिल गर्नुभएको छ त्यो अरब राष्ट्र र जनताका लागि गौरवको विषय हो र हामी सबै टोलीको सफलताको कामना गर्दछौँ ।’

शनिबार अरब राष्ट्र, प्यालेस्टाइन र पाकिस्तानले मोरक्कोको जितमा उत्सव मनाएका छन् । धेरैले मोरक्कोको जितलाई इस्लामको विजयसँग जोडिरहेका थिए ।

बुधबार अबेर राति हुने दोस्रो सेमिफाइनलमा फिफाको फाइनल प्रतिस्पर्धामा मोरोक्को वा फ्रान्समध्ये अर्जेन्टिनासँग को भिड्नेछ भन्ने निश्चित हुनेछ 

मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई ३–० ले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनल खेल आइतबार हुनेछ । यदि मोरक्कोले फ्रान्सलाई हराएमा उसले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ र यदि हार्यो भने फ्रान्स र अर्जेन्टिनाबीच फाइनल खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते